कृषि मेला प्रर्दशनीको पुरस्कार वितरण

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, । आठौ म्याग्दी महोत्सव अन्तर्गत भएको कृषि मेला प्रर्दशनीमा उत्कृष्ट भएका २७ जना कृषकहरुलाई सोमबार पुरस्कार वितरण गरिएको छ ।

म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन भएको महोत्सव अन्तर्गत कृषि ज्ञान केन्द्रले कृषि मेला र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले उन्नत जातका प्रजनन्योग्य बोका प्रर्दशनी आयोजना गरेका थिए ।

कृषितर्फ २४ र पशुपालन तर्फ तीन जना कृषकलाई पुरस्कार वितरण गरिएको हो । ९४ जना कृषकहरुले बस्तुतर्फ एक सय २० र बालीतर्फ ३९ वटा फसल प्रर्दशनीमा राखेका थिए । खाद्यान्न, जरा तथा गानो, फलफूल, तरकारी, दलहन, लहरे, आलु, मसला बाली र विबिध बिधामा प्रर्दशनी आयोजना गरिएको थियो ।

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

प्रत्येक बिधामा प्रथम, दृतीय, दृतीय र सान्तवना हुने एक÷एक जना कृषकलाई रु. चार हजार, तीन हजार, दुई हजार र एक हजार सहित प्रमाणपत्र वितरण गरिएको थियो । काउलीबालीमा बेनपा–१ रत्नेचौरका रुद्धबहादुर थापा, सुन्तलाजातबालिमा बेनपा–५ भिरमुनीका गणेश बानिया, अन्य फलफुल (केरा)मा धवलागिरी–७ का यमन रोका, जरेबाली (रायोसाग)मा बेनपा–४ का प्रेमबहादुर श्रीस र बिबिध (च्याउ) बालीमा धवलागिरी–७ की प्रमिला थापामगर प्रथम भएका कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत प्रकाश पुनले बताउनुभयो ।

पाँच जना कृषकहरुले सहभागिता जनाएको उन्नत बोका प्रर्दशनीमा बेनी नगरपालिका–२ का कर्णबहादुर खड्काले पालेको बोयर जातको बोकाले प्रथम स्थान हाँसिल गरेको छ । यसैगरी बेनी नगरपालिका–३ का धनबहादुर श्रीसले पालेको बोका दृतीय र गोपाल खत्रीको बोकाले तेस्रो स्थान हाँसिल गरेको छ ।

प्रथम, दृतीय र तृतीय हुनेलाई क्रमश रु. १५ हजार, १० हजार र आठ हजारका दरले नगद सहित पुरस्कृत गरिएको थियो । कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जिव बास्तोला, भेटेरीनरी अस्पतालका सूचना अधिकारी सुवास रेग्मी, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ, प्रथम उपाध्यक्ष लिलाराम गौतम, महासचिव नारायण जिसी लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । कृषकहरुलाई प्रोत्साहन र प्रतिस्पर्धी भावनाको विकास गर्ने उद्देश्यले प्रर्दशनीको आयोजना गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख बास्तोलाले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...