बेनी, । बेनीका सज्जन शाक्य र प्रवेश मगरको जोडीले साविक धौलागिरि अञ्चल स्तरीय बि लेभल पुरुष डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधी जितेका छन् ।
आठौ म्याग्दी महोत्सवको अवसरमा जिल्ला खेलकुद विकास समिति र ब्याडमिन्टनल संघसँगको समन्वयमा म्याग्दी उद्योग वाणिज्य संघले प्रतियोगिताको आयोजना गरेको हो ।
प्रतियोगितामा सागर शर्मा र सुदिप श्रेष्ठ दृतीय, सन्दिप अधिकारी र देवान थापा तृतीय, जगदिश शर्मा र नारायण पौडेलको जोडि तृतीय भएका जिल्ला ब्याडमिन्टन संघले जनाएको छ । प्रतियोगितामा प्रथम, दृतीय र तृतीय हुनेलाई क्रमश रु. २५ हजार, १५ हजार र पाँच हजार सहित मेडल, ट्रफि प्रदान गरिएको थियो ।
प्रतियोगिताा २८ टिमको सहभागिता रहेको थियो । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष राजेश शाक्य, महासविच नारायण जिसी, खेल संयोजक तारानथ रेग्मी, बेनपा ८ का वडा अध्यक्ष उत्तम कर्माचार्य, बेनपा ७ का अध्यक्ष रमेश श्रेष्ठ, धवलागिरी–७ का अध्यक्ष अशोक खत्री लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।