ताकमबासीद्धारा रत्नेगैरामा अस्पताल शिलन्यास

Gandaki Pardesh notice

अस्पताल शिलन्यास प्रभाबित बनाउन धारापानीका बासिन्दाद्धारा सडक अवरोध

बेनी । धवलागिरी गाउँपालिकाको पालिका स्तरीय अस्पताल बनाउने ठाउँको बिवादले एउटै वडाका बासिन्दालाई बिभाजित गरेको छ ।

Shreekrishna hardwear in news

कार्यपालिकाको निर्णय अनुसार धारापानीमा अस्पताल बनाउनुपर्ने माग राख्दै सोमबार दिनभर धारापानीको पधेरामा भेलाभएका स्थानीयले आइतबार साँझ देखि गरेको दरवाङ–धारापानी–ताकम–मुना सडक अवरोधलाई निरन्तरता दिए ।

स्वास्थ्य मन्त्रालयबाट अस्पतालमा स्तरोन्नतिको सुचिमा परेको ताकम स्वास्थ्य चौकी रहेको ताकमका बासिन्दाहरुले पनि अस्पताल भवनको शिलन्यास गरेका छन् । ताकम र धारापानी धवलागिरी गाउँपालिकाको वडा न. ७ मा पर्ने बस्ती हुन् । ताकमका वडा सदस्य देवबहादुर थापा, जग्गदाता रेशम थापा र उहाँकी श्रीमति ज्ञानमति थापाले धार्मिक बिधि अनुसार बाजा गाजाका साथ शिलन्यास गर्नुभएको छ ।

Bhautik ministry notice about road

हाल ताकम स्वास्थ्य चौकी परिसरमा अस्पताल बनाउने जग्गा ब्यवस्थापन भइसकेको छ । सोही जग्गामा शिलन्यास गरिएको हो । सरकारले मंसिर १५ गते देशभरका पालिकामा अस्पताल भवन शिलन्यास गर्ने कार्यक्रम बनाएको थियो । ताकममा अस्पताल भवन शिलन्यास कार्यक्रमलाई प्रभावित बनाउन धारापानीबासीले नाकाको सडकमा गरालो लगाएर अवरोध गरेका हुन् ।

२०७४ साउन २५ गते गाउँपालिकाको स्थायी केन्द्र कायम गर्न बसेको गाउँसभाले धारापानीमा १५ शैयाको अस्पताल बनाउने निर्णय गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वडा न. ७ ताकम स्थित स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नति गर्ने सूचि सार्वजनिक भएको छ ।

गाउँसभाको निर्णय र मन्त्रालयले छनौट गरेको अस्पताल बनाउने ठाउँ फरक परेपछि बिवाद देखिएको छ । समुदाय स्तरमा बिवाद चर्किएपनि गाउँपालिकाका जनप्रतिनिधिहरुको आधिकारिक धारणा सार्वजनिक भइसकेको छैन् । बिवाद समाधान र सहमति कायम हुन नसके अस्पताल बनाउनै चुनौति छ ।

धारापानीका बासिन्दाले पधेरामा भेला भएर गरेको सडक अवरोध । तस्बिर धौलागिरी खबर

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...