
बेनी, ः बेनीको आसपास क्षेत्रमा लगातार दुई वटा रातमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
नगरपालिका–६ जरबुटामा शनिबार बिहान साढे १ बजे भएको बोलेरो जिप दुर्घटनामा स्थानीय ३५ वर्षीय तेजेन्द्र खत्रीको मृत्यु भएको छ ।
बेनी देखि जरबुटातर्फ जादै गरेको ग १ ज ५९९१ नम्बरको जिपमा च्यापिएर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार जिप घुमाउने क्रममा सडकको भित्तामा ठोक्किदा च्यापिएको अवस्थामा उद्दार गरिएको थियो । खत्री दुर्घटना भएको जिपको चालक समेत हुन् ।


स्थानीयबासी र प्रहरीको टोलीले खत्रीलाई उद्दार गरेर बेनी अस्पतालमा पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । जिपमा सवार अन्य दुई जनाको अवस्था भने सामान्य रहेको छ । मृतकको शव बेनी अस्पतालमा परिक्षण गरिएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
यसैगरी माघ ३ गते राती साढे १ बजे बेनीबाट पर्वतको जलजला गाउँपालिकाको मल्लाज जाने क्रममा भुुरतुलाको भिरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ग ५ प ४५५६ नम्बरको पल्सर मोटरसाइकल दुर्घटना हुँदा जलजला गाउँपालिका–२ का २३ वर्षीय मनिस परियारको मृत्यु भएको हो ।
गम्भिर घाइते परियारलाई स्थानीयले उद्दार गरेर बेनी अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । बेनीमा जारी आठौ महोत्सवका सांगितिक कार्यक्रम राती साढे ११ बजेसम्म जारी रहनुु, महोत्सव मदिरामय हुनुु र दुर्व सवारी दुर्घटना बेनीबाट घर फर्कने क्रममा हुनुलाई दुर्घटनालाई संयोग मात्र नभएको कतिपयको बुझाई छ । महोत्सव र दुर्घटनाको सम्बन्ध भने पुष्टि भएको छैन् ।
