लोक संस्कृति संरक्षणका लागि भजन प्रतियोगिता

khali

बेनी । लोक संस्कृतिको संरक्षणका लागि म्याग्दीको बेनीमा शुक्रबार भजन प्रतियोगिता सम्पन्न भएको छ ।

बेनीमा जारी आठौ म्याग्दी महोत्सवको अवसरमा म्याग्दी उद्योग वाणिज्य संघले प्रतियोगिता आयोजना गरेको हो । सनातन धर्म, मौलिक संस्कृति, परम्परा र सम्भयताको जगेर्ना गर्ने उद्देश्यले भजन प्रतियोगिता आयोजना गरिएको म्याग्दी महोत्सवका प्रथम उपाध्यक्ष तथा प्रतियोगिता संयोजक लिलाराम गौतमले बताउनुभयो ।

ब्रह्माण र क्षेत्री समुदायमा धार्मिक कार्य र चाडपर्वमा विभिन्न कथामा आधारित भएर भजन गाउने चलन रहेको छ । भजनमा धार्मिक कथा र विभिन्न विषयबस्तुलाई लय र सांगितिक रुपमा आकर्षक हिसाबले प्रस्तुत गर्ने गरिन्छ ।

Shreekrishna hardwear in news
khali

११ समूहले सहभागिता जनाएको प्रतियोगितामा बागलुङ कालिका मन्दिर भजनकिर्तन समूह बिजयी भएको छ । यसैगरी ब्रह्माण समाज म्याग्दीको समूह दृतीय भएको छ । बिजेता र उपबिजेतालाई रु. १५ हजार र सात हजार नगद र प्रमाणपत्र प्रदान गरिएको छ ।

सहभागि सबै सहूहलाई नगद रु. तीन हजारको साथमा प्रमाणपत्र प्रदान गरिएको थियो । म्याग्दी महोत्सव अन्तर्गत पुरख्यौली नाच प्रतियोगिता भएको थियो भने रत्यौली प्रतियोगिता पनि आयोजना गरिएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...