बेनीमा १०औ राष्ट्रिय योग दिवस मनाइयो

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, । बेनीमा मङ्गलबार १० औ राष्ट्रिय योग दिवस मनाइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा योग अभ्यास र शुभकामना आदानप्रदान गरेर दिवस मनाइएको हो ।

दिवसको अवसरमा केन्द्रको योगहलमा नविन आनन्द योग केन्द्रसँगको सहकार्यमा योगको नमुना अभ्यास गरिएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले नियमित योगबाट शारिरिक र मानसिक रुपमा स्वस्थ्य रहन मद्दत पुग्ने बताउनुभयो । तनाव ब्यवस्थापनका लागि पनि योग उपयुक्त माध्यम हुने उहाँको भनाई थियो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

स्वच्छ आहारा र बिचारका लागि योग गर्नुपर्ने प्रजिअ ढकालको भनाई थियो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. कमलराज अधिकारीको अध्यक्षता, कविराज निरिक्षक दामोदर शर्माको सञ्चालन र वैद्य निरिक्षक प्रेमप्रसाद गौतमको स्वागतमा सम्पन्न कार्यक्रममा प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी अनिषा आचार्य, नविन आनन्द योग केन्द्रका अध्यक्ष सुरेन्द्रराज शर्माले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

Shreekrishna

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले योगहलमा नियमित योगअभ्यास गराउनुका साथै ग्रामिण क्षेत्रमा पनि योगको प्रर्वद्धनका लागि सचेतनामुलक कार्यक्रम गर्दै आएको छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...