बेनीमा कृषि मेला प्रर्दशनी

Gandaki Kotihome

बेनी । किसानहरुलाई प्रतिस्पर्धी र व्यवसायिक बन्न प्रोत्साहित गर्ने उद्देश्यले बेनीमा कृषि मेला प्रर्दशनी भएको छ ।

कृषि ज्ञान केन्द्रको आयोजनामा आइतबारदेखि शुरु भएको प्रर्दशनी दुई दिनसम्म सञ्चालन हुने जनाइएको छ । ८५ जना कृषकहरुले सात किसिमका एक सय ११ फसल प्रर्दशनीमा ल्याएका छन् ।

Notice about ban dadalo

खाद्यान्न, जरा तथा गानो, फलफूल, तरकारी, दलहन, लहरे, आलु, मसला बाली र विबिध बिधामा प्रर्दशनी आयोजना गरिएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी प्रकाश पुनले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

सबै बिधामा प्रर्दशनीमा राखिएका बालीहरुको मूल्याङकन गरि प्रथम, दृतीय, तृतीय र सान्तवना हुने किसानलाई नगद पुुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने उहाँले बताउनुभयो । किसानहरुले आफूले उत्पादन गरेका राम्रा फसलको नमुना प्रर्दशनीमा ल्याएका छन् ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...