बेनीमा आठौ म्याग्दी महोत्सव शुरु

khali

बेनी, । बेनीमा आइतबारदेखि आठौ म्याग्दी महोत्सव एवम् प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, ब्यापार मेला–२०८१ शुरु भएको छ ।

म्याग्दी उद्योग वाणिज्य संघले माघे संक्रान्ति पर्वको अवसरमा आयोजना गरेको महोत्सवको नेपाली काँग्रेसका सभापति एवम् पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभयो ।

म्याग्दीको पर्यटन, कृषि, जलविद्युत, खनिज, वन पैदावारजन्य उद्योग ब्यवसायमा लगानी भित्र्याउन, संस्कृति संरक्षण, प्रतिभा पहिचान, प्रर्वद्धन र खेलकुदको विकास गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो ।

Shreekrishna hardwear in news

स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय औद्योगिक, कृषि तथा पशुजन्य उत्पादनको प्रर्दशनी, पुरुष–महिला भलिबल, बास्केटबल, लोक दोहोरी गित, कलाकारहरुको प्रस्तुति महोत्सवका आकर्षक हुन् । पुख्र्योली नाच, रत्यौली गित, भजन, म्याग्दी आईडल एकल लोकनृत्य, जनजातीका भाँकी प्रर्दशनी पनि आयोजना गरिएको छ ।

महोत्सवमा स्थानीय, राष्ट्रिय र अन्तराष्ट्रिय उत्पादन, ब्यवसायिक, शैक्षिक, सूचना प्रबिधि, अटोमोवाईल्स, लत्ताकपडा, भाडा लगायत बस्तुसँग सम्बन्धित दुई सय ३० वटा स्टल रहेका छन् । स्थानीय तह र उद्यमीका स्टलका निशूल्क प्रर्दशनीको ब्यवस्था मिलाइएको छ । धार्मिक, पर्यटकीय स्थलहरुको तस्विर तथा वृत्तचित्र प्रर्दशनी गरिएको छ । खानाका परिकारहरुको स्टल पनि रहेका छन् ।

विद्यालयहरुले शैक्षिक तथा विज्ञान प्रर्दशनी गरेका छन् । महोत्सवको उद्घाटन अघि खुल्ला मञ्चबाट शुरु भएको म्याग्दीको सांस्कृतिक पहिचान झल्कने झाँकी सहितको ¥याली बालमन्दिरचोक–बिरेन्द्रचोक, मङगलाघाट, बिरेन्द्रचोक, हुलाकचोक, न्युरोड, क्याम्पसचोक, गणेशटोल, संगमचोक, बालमन्दिरचोक हुदै पुन खुल्ला मञ्चमा पुगेर सभामा परिणत भएको थियो ।

मगर, क्षेत्री, बाहुन, थकाली, गुरुङ, दलित, नेवार लगायत जातजाती, धार्मिक संघ संस्था, क्लव, आमा समूहहरुले मौलिक पहिरनमा सजिएर झाँकीमा सहभागि भएका थिए । झाँकीहरु पनि झाँकी प्रर्दशनीमा सहभागि भएका थिए । मगरले थाली र पुरख्यौली, बाहुनले राधाकृष्ण, क्षेत्रीले तरवार, गुरुङले आफ्नो मौलिक पहिचान झल्कने नाच प्रस्तुत गरेका थिए । नेपाल भाषा मंका खलका कलाकारहरुले हनुमान र लाखे नाच प्रस्तुत गरेका थिए । महोत्सवको उद्घाटन सत्र संस्कृतिमय बनेको थियो ।

चिन र भारतको ब्यापारिक प्राचिन रेशमी मार्ग र ‘साल्ट टे«ड रुट’को रुपमा परिचित कालीगण्डकी करिडोरको एक प्रमुख ब्यापारिक केन्द्र बेनीको महत्वलाई झल्काउने तथा आन्तरिक पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको म्याग्दी उद्योग वाणिज्य संघका महासचिव नारायण जिसीले बताउनुभयो ।

khali

‘१० दिनसम्म सञ्चालन हुने महोत्सवमा एक लाख आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउने र दश करोड रुपैयाँ बराबरको ब्यापारिक कारोबार हुने अनुमान गरिएको छ,’ उहाँले भन्नुभयो ‘सामानको खरिद बिक्री र मनोरञ्जनका लागि मात्र नभएर महोत्सवे म्याग्दीको समग्र सम्भावनाको उजागर भई लगानी भित्र्याउन तथा आर्थिक गतिबिधिलाई चलायमात्र बनाउछ ।’

म्याग्दी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रमोद श्रेष्ठका अनुसार दुई सय वर्ष पहिले बेनीमा चिन र भारत सम्मका मानिसहरु माघे संक्रान्ति मेलामा किनमेलका लागि आउने गर्दछे । सोही सिलसिलामा काठमाडौ उपत्यकाका नेवार समुदाय बेनीमा बसाई सरेर आएका र यहाँ बस्ति बसेको हुँदा बेनी र माघे संक्रान्ति मेलाको विशेष सांस्कृतिक महत्व रहेको छ ।

यसअघि बि.स. २०५८ देखि वि.स. २०७८ सम्म सात पटक म्याग्दी महोत्सव भएको थियो । म्याग्दी र कालीगण्डकीको दोभानमा रहेको बेनी बजारमा परम्परागत माघे संक्रान्ति मेलाको निरन्तरता स्वरुप पछिल्लो समय महोत्सव सञ्चालन गरिएको संघले जनाएको छ ।

महोत्सवको उद्घाटन गर्दै पुर्व प्रधानमन्त्री देउवाले जल, जमिन र जङगलको प्रशस्त सम्भावना रहेको नेपालमा तीनै प्राकृतिक स्रोत साधनको उचित ब्यवस्थापन गरेर रोजगारी र आम्दानीको अवसर सिर्जना गर्न सकिने बताउनुभयो ।

‘प्राकृतिक स्रोत साधनको ब्यवस्थापनका लागि नीजि क्षेत्रलाई सहभागी बनाउन नीति नियम बनाउन राजनीतिक रुपमा प्रयास भएको छ,’ उहाँले भन्नुभयो ‘लगानीमैत्री वातावरण बनाएर उद्योग ब्यवसायलाई घरासायी हुनबाट बचाउन नीतिगत सुधारको काम थालेका छौ ।’

देउवाले म्याग्दी हुदै ढोरपाटन जोड्ने सडकलाई मध्य पहाडी लोकमार्गको बैकल्पिक सडक आयोजनाको रुपमा विकास गराउन बजेट ब्यवस्थापन गर्न सम्बद्ध मन्त्रालयमा पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले खुल्ला मञ्च खेलमैदान, बेनी अस्पतालको ५० शैया क्षमताको भवन र मालढुङ्गा–बेनी सडक निर्माणलाई पूर्णता दिन पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।

प्रतिनिधीसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर)ले म्याग्दीको विकासमा सबै हातेमालो गरेर अघि बढ्नुपर्ने बताउनुभयो । गण्डकी प्रदेशसभा सदस्य तथा पुर्वमन्त्री रेशम बहादुर जुग्जालीले म्याग्दीमा भित्रिएका आयोजनाको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो । अर्का प्रदेशसभा सदस्य हरि भण्डारीले राज्यले पूर्वाधार निर्माणका कामलाई तिब्रता दिएको बताउदै उत्पादन र रोजगारी सिर्जनामा लाग्न उद्योगी ब्यवसायीहरुलाई आग्रह गर्नुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा र बेनी नगरपालिकाका प्रमुख सुरत केसीले प्रर्वद्धनसँगै म्याग्दीको सम्भावनाका क्षेत्रमा लगानीको आवश्यकता औल्याउनुभयो । महोत्सवको अवसरमा बेनी नगरपालिका–२ ज्यामरुककोट घर भई हाल काठमाडौमा बस्नुहुने कृषि वैज्ञानिक डा. टिकाबहादुर कार्की र बेनी नगरपालिका–४ घर भई दक्षिण कोरीयामा ब्यवसाय गर्नुहुने बिनोद कुँवरले म्याग्दी उद्योग वाणिज्य संघले सम्मान गरेको थियो ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...