नेपाली काँग्रेस म्याग्दीद्धारा पुर्व प्रधानमन्त्री देउवासमक्ष मागपत्र पेश

khali

बेनी, नेपाली काँग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले म्याग्दीका विकास आयोजनाहरुलाई प्राथमिकता दिने प्रतिवद्धता जनाउनु भएको छ ।

नेपाली काँग्रेस म्याग्दीले आइतबार बेनीमा आयोजना गरेको कार्यकर्ता भेटभाट कार्यक्रममा देउवाले जिल्लाको सडक, नदी नियन्त्रण, स्वास्थ्य पूर्वाधार, धार्मिक पर्यटकीय स्थलको विकासमा पार्टीको साथ रहेको र सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीसँग समन्वय गर्ने प्रतिवद्धता जनाउनुभयो ।

khali

सभापति देउवालाई नेपाली काँग्रेस म्याग्दीका सभापति तथा प्रतिनिधीसभा सदस्य खमबहादुर गर्बुजाले जिल्लाका प्राथमिकताप्राप्त आयोजनाका लागि बजेट ब्यवस्थापन गरिदिन मागपत्र बुझाउनु भएको थियो । मागपत्र बुझेपछि सभापति देउवाले सरकारका विषयगत मन्त्री र प्रधानमन्त्रीसँग छलफल गरेर योजना कार्यान्वयनका लागि पहल गर्ने प्रतिवद्धता जनाउनुभएको हो ।

Shreekrishna hardwear in news

बेनी–दरवाङ–मुना–ढोरपाटन सडकलाई मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प बनाउन स्तरोन्नति गर्नुपर्ने, बेनी–दरवाङ सडकको फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज जडान गर्न, बेनी बजारमा कटान नियन्त्रण आयोजना, बेनी–पाखापानी–मल्कवाङ चक्रीय सडक, पोखरेबगर–घोडेपानी–कास्कीलाई सडकले जोड्न, बृहत चिमखोला पिप्ले भगवति खानेपानी आयोजना र अन्नपूर्ण आधार शिविर जोड्ने पदमार्गमा पूर्वाधार निर्माणका लागि सभापति देउवासँग मागपत्र बुझाइएको थियो ।

रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले राखुको गुठी जग्गा सम्बन्धी समस्या समाधानका लागि सभापति देउवाको ध्यानाकर्षण गराउनुभयो । नेपाली काँग्रेस म्याग्दीका उपसभापति कर्णबहादुर भण्डारी र पुर्व सभापति तथा संविधानसभा सदस्य रेशम बहादुर बानियाले पार्टीको गतिबिधी र जिल्लाको बस्तुअवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।
यसैगरी सभापति बानियाले बेनी अस्पतालको निर्माणाधिन ५० शैया क्षमताको भवनको पनि निरिक्षण गर्नुभएको थियो । वि.स. २०७४ मा शुरु भएको भवन निर्माणले पूर्णता नपाउँदा बेनी अस्पतालको सेवा प्रभावित बनेको छ । सहरी विकास मन्त्रालय मार्फत सञ्चालित अस्पतालको भवन निर्माणलाई तिब्रता दिनका लागि दवाव दिन उच्च तहका राजनीतिक नेतृत्वको अनुगमन गराइएको नेपाली काँग्रेस म्याग्दीका सचिव भरत रकालले बताउनुभयो ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...