बेनी, । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) म्याग्दीको अध्यक्षमा हिरा पुन चयन हुुनुभएको छ ।
बेनीमा शुक्रबार सम्पन्न प्याब्सन म्याग्दीको एघारौ वार्षिक साधारणसभा तथा नवौ अधिवेशनबाट पुनको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन भएको हो ।
समितिको उपाध्यक्षमा दिपक सुवेदी, सचिवमा सन्दिप खत्री (केन), कोषाध्यक्षमा शैलेश श्रेष्ठ र सहसचिवमा सनम बानिया चयन हुनभएको छ । सदस्यहरुमा बिरेन्द्र घर्तिमगर, इन्द्रबहादुर बरुवाल, पवित्रा देवी आचार्य र सोम नेपाली चयन हुनुभएको छ ।