रघुगंगामा उत्कृष्ट विद्यालय पुरस्कृत

Gandaki Ghumau

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिकाले उत्कृष्ट सामुदायिक विद्यालय र उत्कृष्ट विद्यार्थीलाई नगद सहित पुरस्कृत गरेको छ । विहिवार गाउँपालिकाको केन्द्र मौवाफाँटमा आयोजित १८ औँ गाउँसभामा एसइई परिक्षा २०८० मा गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउने ज्ञानोदय माध्यमिक विद्यालयलाई नगद रु १ लाख ५० हजार सहित सम्मान पत्रद्धारा पुरस्कृत गरिएको हो ।

२०८० को एसइई परिक्षामा नियमित तर्फ ६५ प्रतिशत विद्यार्थी उर्तिण गराउँर्दै पालिकामा पहिलो हुन सफल भएको ज्ञानोदय माविबाट परिक्षामा सहभागि २० जना विद्यार्थीहरुमध्ये १३ जना विद्यार्थी नियमित रुपमा उर्तिण भएका थिए । यस अघिका दुई बर्ष समेत रघुगंगामा ज्ञानोदय माविले एसइईमा औषत जिपिएको आधारमा पालिकामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको थियो ।

Gunasthariya Shiksya

कार्यक्रममा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी पुन, प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीलगायतले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि सुवेदी र प्रधानध्यापक बिजय शर्मालाई नगद र प्रमाणपत्र प्रदान गर्नुभएको थियो । गाउँपालिकाले एसइई परिक्षा २०८० मा ३.७८ जीपिए सहित उत्तिर्ण हुन सफल रघुगंगा माध्यमिक विद्यालय पिप्लेकी छात्रा आशिका भुजेललाई नगद रु २५ हजार सहित पुरस्कृत गरेको छ ।

Shreekrishna

विद्यालय तहको शैक्षिक नतिजामा उत्कृष्ट हुने विद्यालय, विद्यार्थी र शिक्षकलाई समेत सम्मान र पुरस्कृत गर्ने गाउँपालिकाको नीति अनुरुप गाउँसभाको अवसरमा पुरस्कार प्रदान गरिएको गाउँपालिका अध्यक्ष भण्डारीले बताउनुभयो । गाउँसभामा उपाध्यक्ष पुनले प्रस्तुत गर्नुभएको चालु आर्थिक बर्ष २०८१÷०८२ को लागि रु २ करोड ३ लाखको संसोधित बजेट स्विकृत भएको छ । गत असारमा सम्पन्न गाउँसभाले बजेट विनियोजन गरेको तर विविध कारणले कार्यान्वयन हुन नसकेका योजनाहरुको नाम तथा बजेट सभाबाट संसोधन गरिएको गाउँपालिकाले जनाएको छ ।

सभामा गाउँपालिका अध्यक्ष भण्डारीले चालु आर्थिक बर्षको अर्धबार्षिक समिक्षा प्रस्तुत गर्दै हालसम्म पालिकाले २७ प्रतिशत वित्तिय प्रगति हासिल गरेको जानकारी दिनुभयो । सभामा लेखा समितिका सदस्य होमबहादुर परियार, विद्यालयन समितिका संयोजक मनबहादुर शेरमञ्जा, सुशासन समितिका संयोजक बलमान गौचन र न्यायिक समितिका संयोजक प्रेमकुमारी पुनले समितिका निर्णय र प्रगति सभामा पेश गर्नुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...