बेनी, । थकाली युवा परिवार बेनी क्षेत्रको अध्यक्षमा बिजय भट्टचन चयन हुनुभएको छ ।
बेनीमा बिहिबार सम्पन्न परिवारको भेलाबाट भट्टचनको अध्यक्षतामा कार्यसमिति चयन भएको हो । कार्यसमितिको उपाध्यक्षमा सुमन शेरचन, सचिवमा मनोज गौचन, कोषाध्यक्षमा मुकेश शेरचन र सहसचिवमा पूर्णमा गौचन रहनुभएको छ । सदस्यहरुमा निशान्त गौचन, रोहन भट्टचन, महेन्द्र शेरचन, ज्ञानेन्द्र भट्टचन, बिनोद शेरचन, टंक शेरचन, दिलिप शेरचन, रोजी शेरचन र निशान गौचन रहनुभएको छ ।
थकाली युवा परिवार बेनीका अध्यक्ष दिलिप गौचनको अध्यक्षता, थकाली समाज बेनी क्षेत्रका अध्यक्ष जगनारायण गौचनको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सुन्दरमान शेरचन र थकाली महिना समाज बेनी क्षेत्रका अध्यक्ष शान्ति भट्टचनले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो ।
![Malika RM Public notice](https://dhaulagirikhabar.com/wp-content/uploads/2024/11/Malika-RM-Notice-1.jpg)