बेनीमा पुष २७ गते रास्वपाको भेला

khali

बेनी, । राष्ट्रिय स्वतन्त्र पार्टीले यही पुष २७ गते बेनीमा प्रथम जिल्ला भेला गर्ने भएको छ ।

म्याग्दीमा संगठन विस्तारका लागि हुन लागेको भेला मार्फत चयन हुने नेतृत्व र कार्यसमिति सदस्यका लागि खुल्ला आव्हान समेत गरेको छ । भेलाका संयोजक युवराज रोकाले संगठन सुदृढीकरण र स्थानीय तहमा सक्रीयता बढाउनका लागि भेला महत्वपूर्ण हुने बताउनुभयो ।

khali

“पार्टीलाई जिल्ला स्तरमा सुदृढ बनाउदै आगामी कार्ययोजना तय गर्न यो भेला कोशेढुङगा हुनेछ,” उहाँले भन्नुभयो । बेनीको शिखर होटलमा हुने भेलामा रास्वपाका नेता तथा प्रतिनिधिसभा सदस्य मनिष झा, हरि ढकाल, बिनिता कठायत, गण्डकी प्रदेश सभापति राजन गौतम, केन्द्रिय सदस्य मोनहजंग थापा लगायतले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।

Shreekrishna hardwear in news

कार्यक्रममा सहभागी हुन र कार्यसमितिमा बस्न इच्छुकहरुले पुष २६ गते साँझ ५ बजेसम्म आफ्नो नाम दर्ता गराउन सक्ने व्यवस्था गरिएको छ । स्थानीय मुद्दाहरुको सम्बोधन, युवाहरुको नेतृत्वमा आधारित पहल र जनताका सरोकारका विषयलाई केन्द्रमा राखेर काम गर्ने योजना रहेको रास्वपा म्याग्दीले जनाएको छ ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...