गाउँभरी केरा खेती, बजारको अभाव

khali

बेनी, एक सय ५० भन्दा बढी घरपरिवारको बसोबास रहेको म्याग्दीको बेनी नगरपालिका– २ खबरा गाउँभरी केरा खेती भएको छ । तर उत्पादन भएको केराले बजार नपाउँदा कृषक चिन्तित भएका छन् ।

हिउँदयामको सुरुवातसँगै केरा बिक्री घटेको र बोटमै पाकेर चराचुरुङ्गीको आहरा बन्न थालेको खबराका कृषक वुद्धबिर परियारले बताउनुभयो । “पहिले हप्ताको २० घारीसम्म केरा बिक्री हुन्थ्यो,” उहाँले भन्नुभयो “हिजोआज हप्तामा मुस्किलले पाँच घारी पनि बिक्री हुदैन् ।”

खबराका सबैले व्यवसायिक केरा खेती गरेका छन् । यहाँ वार्षिक रु. दुई करोड मूल्य भन्दा बढीको केरा बिक्री हुने स्थानीय राधाकृष्ण कृषि सहकारी संस्थाले जनाएको छ ।

Shreekrishna hardwear in news

केरा बिक्री र आम्दानी घटेको खबराका कृषक हिरा कुँवरले बताउनुभयो । धान, कोदो, मकै बालीको विकल्पमा केरा खेती गरेका कृषकहरु उत्पादनले बजार र मूल्य नपाउँदा निराश भएका उहाँले बताउनुभयो ।

khali

प्रति १२ कोसा (दर्जन) रु. एक सय ८० सम्ममा बिक्री गरेको केराको मूल्य घटेर अहिले रु. एक सयमा झरेको छ । बेनीका फलफूल ब्यवसायी श्रीकृष्ण सुवेदीले चिसो बढेसँगै केराको खपत र बिक्री घटेको बताउनुभयो ।

गर्मीयाममा दैनिक २० दर्जनसम्म खपत हुने केरा हिजोआजा दुई÷तीन दर्जनमात्रै बिक्री भएको उहाँले बताउनुभयो । स्थानीय कृषकको उत्पादनले पुगेपछि बेनीमा पछिल्ला पाँच वर्षयता भारत र तराईबाट केरा आयात न्युन मात्रामा हुने गरेको छ ।

खेती विस्तारसँगै उत्पादन बढेको, सिमित बजार र प्रतिकुल मौसमका कारण केरा बिक्रीमा समस्या भएको खबराको राधाकृष्ण कृषि सहकारी संस्थाका अध्यक्ष सोवित शर्मा (सापकोटा) ले बताउनुभयो । केराका अन्य परिकार बनाउने र सहकारी मार्फतसंकलन गरेर पोखरा, बागलुङ, कुश्माका बजार खोज्न थालिएको उहाँले बताउनुभयो ।

बेनी नगरपालिकाको केरा पकेट कार्यक्रम मार्फत खबरामा पाँच सय रोपनी भन्दा बढी क्षेत्रफलमा केरा खेती भएको छ । १६ हजार भन्दा बढी केराका गाँज छन् । बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले खबराका कृषकहरुलाई केराको थामको रेशाबाट धागो बनाउने तालिम र प्रबिधी सहयोग गरेको बताउनुभयो ।

गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम मार्फत केराको रेशाबाट धागो बनाउने, थाम कुहाएर प्राङ्गगारिक मल बनाउने र बजारीकरण गर्न मिलन संस्थाको आइदिया परियोजनासँग समन्वय गरेको उपप्रमुख लामिछानेले बताउनुभयो ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...