माझीबस्ति–खनियाघाट खण्ड कालोपत्र

Gandaki Kotihome

बेनी, ः म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक अन्तर्गत माझीबस्ति–खनियाघाट खण्डमा कालोपत्र भएको छ ।

भारत र चिनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजना मार्फत कालोपत्र भएको हो । यो सडकमा म्याग्दी, मुस्ताङ र पर्वतको जलजला गाउँपालिकाका स्थानीय बासिन्दाका साथै पर्यटक र तीर्थयात्री आवतजावत गर्छन् ।

कुश्मा नगरपालिका –१ माझीबस्ती देखि जलजला गाउँपालिका–८ खनियाघाट सम्म करिब दुई किलोमिटर दुरिमा अक्सफाल्ट प्रबिधिको कालोपत्र भएको आयोजनाका सवइन्जिनियर सोहनजङ कार्कीले बताउनुभयो ।

Upper Myagdi transmition line notice

“खनीयाघाट देखि लस्तिसम्म थप चार किलोमिटर कालोपत्र गर्ने तयारी अवस्थामा छ,” उहाँले भन्नुभयो “माझीबस्ति देखि खनियाघाट खण्डमा दुई लेनमा कालोपत्र गरिएको हो ।”

१३ किलोमिटर दुरीको बेनी–मालढुङ्गा सडकलाई ११ मिटर फराकिलो बनाएर अस्फाल्ट प्रबिधिको कालोपत्र र ढलान गर्न एपेक्स–खड्का–कृष्ण जेभीले वि.स. २०७७ चैतमा रु. ५२ करोड ८६ लाख मा ठेक्का सम्झौता गरेको थियो ।

Annapurna aarohan ko notice

यस खण्डको हालसम्मको भौतिक प्रगति ६२ प्रतिशत रहेको आयोजनाका सूचना अधिकारी बिष्णु चापागाईले बताउनुभयो । विभिन्न ठाउँमा दुई किलोमिटर ढलान भइसकेको सडकको थप आठ किलोमिटर क्षेत्रमा पनि विस्तार, नाली निर्माण, सवबेस, बेस राख्ने र ग्रेडिङ गर्ने काम धमाधम भइरहेको छ ।

वि.स. २०७९ मा सम्पन्न हुनुपर्ने सडक निर्माण कार्यले लक्ष्य भन्दा दुई वर्षपछि पूर्णता पाउन लागेको हो । चालु आर्थिक वर्षभित्र सडक निर्माणलाई पूर्णता दिने लक्ष्य राखिएको छ ।

मनसुनजन्य विपद्, नदीजन्य निर्माण सामग्रीको अभाव, सहायक ठेकेदारले काम छाडेर जानु, सडकको क्षेत्राधिकारमा पर्ने घरटहरा हटाउन ढिलाई हुनुलगायतका कारणले प्रभावित भएको बताइएको छ ।

मालढुङ्गा–बेनी सडक स्तरोन्नतिमा भएको ढिलाईका कारण म्याग्दी र मुस्ताङ आउजाउ गर्ने सवारी साधनहरुले मालढुङ्गा–बागलुङ–बेनी घुमाउरो सडकको प्रयोग गर्दै आएका छन् । घुमाउरो सडक प्रयोग गर्दा सार्वजनिक यातायात र ढुवानी भाडा बढी तिर्नुपर्दा सर्वसाधारण मर्कामा परेका छन् ।

सडक निर्माणलाई गति दिन जनप्रतिनिधी, उद्योगी ब्यवसायी र सरोकारवालाहरुले दवाव दिदै आएका छन् । ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत २०५२ मा मार्ग खुलेको मालढुङ्गा–बेनी सडक बेनी सडक २०६८ एक लेन कालोपत्र गरिएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...