थाइवाङ आधारभूतको ६४ औ वार्षिकोत्सव

khali

बेनी । म्याग्दीको मङ्गला गाउँपालिका–१ मा रहेको थाइवाङ आधारभूत विद्यालयको ६४ औ वार्षिकोत्सव, पुरस्कार वितरण तथा चन्दादाता सम्मान कार्यक्रम बुधबार सम्पन्न भएको छ ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष टकमाया पुर्जा पुनको अध्यक्षता र शिक्षक छकबहादुर पुनको सञ्चालनमा सम्पन्न कार्यक्रममा मङ्गला गाउपालिका–१ कुहुँका वडा अध्यक्ष एकजित रोका प्रमुख अतिथि रहनुभएको थियो ।

khali

कार्यक्रममा विद्यालयलाई सहयोग गर्ने चन्दादाताहरुलाई सम्मान, अतिरिक्त क्रियाकलापमा बिजयी विद्यार्थीहरुलाई पुरस्कार वितरणका साथै विद्यार्थी, शिक्षक–कर्मचारी र स्थानीय लालीगुराँस आमा समूहका कलाकारहरुले नृत्य प्रस्तुत गर्नुभएको थियो ।

Shreekrishna hardwear in news

कार्यक्रममा दिपशिखा मावि कुहुँका प्रअ डा. नन्दबहादुर खत्री, शिक्षक बलिभद्र गौतम, विद्यार्थी अभिशेक पुन, अभिभावक किसान पुनले मन्तब्य व्यक्त गर्नुभएको थियो भने प्रअ बाबुराम खत्रीले शैक्षिक, आर्थिक र प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...