आठौ म्याग्दी महोत्सव ः पालिका स्तरीय भलिबल प्रतियोगिता हुने

khali

बेनी, ः बेनीमा रु. एक लाख पचास हजार भन्दा बढी पुरस्कार राशीको अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना भएको छ ।

यही पुष २८ देखि माघ ८ गतेसम्म बेनीमा सञ्चालन हुने आठौ म्याग्दी महोत्सव तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला अन्तर्गत हुने प्रतियोगिताहरु मध्य पुरुष भलिबल प्रतियोगितामा सबैभन्दा बढी पुरस्कार राखिएको हो ।

महोत्सवको मुल आयोजक म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको बिजेतालाई रु. एक लाख ५१ हजार र उपबिजेतालाई रु. ७५ हजार एक सय पुरस्कार प्रदान गरिने जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

लोक दोहोरी गित प्रतियोगितामा बिजेतालाई रु. एक लाख एक सय र उपबिजेतालाई रु. ६१ हजार एक सय पुरस्कार रहेको छ । खुल्ला महिला भलिबल प्रतियोगिताको बिजेतालाई रु. ७५ हजार एक सय र उपबिजेतालाई रु. ४० हजार एक सय पुरस्कार व्यवस्था गरिएको छ ।

गण्डकी प्रदेश वडा स्तरीय पुरुष वास्केटबल प्रतियोगिताको बिजेतालाई रु. ५५ हजार एक सय र उपबिजेतालाई रु. ३१ हजार एक सय नगदको साथमा मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने भएको छ ।

khali

स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय औद्योगिक, कृषि तथा पशुजन्य उत्पादनको प्रर्दशनी, पुरुष–महिला भलिबल, बास्केटबल, लोक दोहोरी गित, कलाकारहरुको प्रस्तुति महोत्सवको प्रमुख आकर्षण रहनेछन् । पुख्र्योली नाच, रत्यौली गित, भजन, म्याग्दी आईडल एकल लोकनृत्य, जाजाती, जनजाती झाँकी प्रर्दशनी पनि रहेका छन् ।

रु. दश करोड बराबरको ब्यापारिक कारोबार हुने महोत्सव सञ्चालनका लागि रु. एक करोड २९ लाख खर्चको अनुमान गरिएको छ । सामानको खरिद बिक्री र मनोरञ्जनका लागि मात्र नभएर महोत्सवे म्याग्दीको समग्र सम्भावनाको उजागर भई लगानी भित्र्याउन तथा आर्थिक गतिबिधिलाई चलायमात्र बनाउने संघका बरिष्ठ उपाध्यक्ष राजेश शाक्यले बताउनुभयो ।

महोत्सव स्थल खुल्ला मञ्चभित्र रहने एक सय ३३ वटा ब्यापारिक स्टल अपुग हुने भएपछि मञ्च बाहिर पनि थप ३० वटा स्टल बनाउन लागिएको छ । संघका अध्यक्ष श्रेष्ठले होटल तथा रेष्टुरेन्टका २३, वन, कृषि र स्थानीय उत्पादनका २३ वटा, विद्यालय शैक्षिक संस्थाका सात वटा, स्थानीय तहका छ वटा स्थल रहने बताउनुभयो ।

म्याग्दीको पर्यटन, कृषि, जलविद्युत, खनिज, वन पैदावारजन्य उद्योग ब्यवसायमा लगानी भित्र्याउन, संस्कृति संरक्षण, प्रतिभा पहिचान, प्रर्वद्धन र खेलकुदलाई पनि महोत्सवसँग जोडिएको छ । महोत्सव सञ्चालनबाट भएको आम्दानीबाट म्याग्दी उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायी हितकोषमा रु. दश लाख, विपद् राहत कोषमा रु. पाँच लाख जम्मा गर्ने र टिकट बिक्रीबाट हुने केही प्रतिशत रकम म्याग्दीका सामाजिक संघ संस्थालाई सहयोग गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

यसअघि बि.स. २०५८ देखि वि.स. २०७८ सम्म सात पटक म्याग्दी महोत्सव भएको थियो । म्याग्दी र कालीगण्डकीको दोभानमा रहेको बेनी बजारमा परापुर्व कालदेखिनै माघे संक्रान्ति पर्वको अवसरमा मेला लाग्ने गरेको थियो । परम्परागत माघे संक्रान्ति मेलाको निरन्तरता स्वरुप पछिल्लो समय महोत्सव सञ्चालन गरिएको संघले जनाएको छ ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...