बेनी, । नेकपा (माओवादी केन्द्र) जलजला गाउँ समितिको पदाधीकारी चयन भएको छ ।
पुष १ गते लामाखेतमा सम्पन्न सम्मेलनबाट गौबहादुर पुनको अध्यक्षतामा चयन भएको कमिटिको मङगलवार मिलनचोकमा बसेको बैठकले पदाधीकारी चयन गरेको हो । सम्मेलनले अध्यक्षमा पुनलाई सर्वसम्मत चयन गरेपनि पदाधिकारीको चयन हुन बाँकी थियो ।
समितिको उपाध्यक्षहरुमा सूर्यबहादुर महत, रमेश दर्जि र डम्बरबहादुर श्रेष्ठ रहनु भएको छ । सचिवमा हरि प्रसाद आचार्य, कोषाध्यक्ष धन कुमारी अधिकारी र सहसचिवमा रविन जिसी रहनु भएको छ ।
नवनिर्वाचित कार्यसमितिलाई नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका उपाध्यक्ष गुणाखर बस्याल, नेता लोकराज आचार्य (सौगात), जलजला गाउँपालिकाका उपाध्यक्ष तथा कमिटिका निवर्तमान अध्यक्ष दिपक आचार्यले शुभकामना दिनुभएको थियो ।
अध्यक्ष पुन जलजला गाउँपालिका–९ बनौमा लगातार दोस्रो कार्यकालका लागि निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । जलजलामा माओवादीको संगठन विस्तार, जनवर्गीय संगठनहरु निर्माण र परिचालन, जनताका समस्या पहिचान र सम्बोधन तथा विकास निर्माणमा सहजिकरण र समन्वयका लागि अगुवाई गर्ने अध्यक्ष पुनले प्रतिवद्धता जनाउनुभयो ।