नेप्टेचौरमा नसर्ने रोग पहिचान गर्न शिविर

khali

बेनी, । म्याग्दीको बेनी नगरपालिका–९ नेप्टेचौरमा शनिबार नसर्ने रोगको स्कृनिङ (रोग पहिचान) शिविर सम्पन्न भएको छ ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय, बेनी अस्पताल र बेनी नगरपालिकाको आयोजनामा शिविर आयोजना भएको हो । शिविरमा ४० वर्ष भन्दा माथिका तीन सय ४५ जनाको स्वास्थ्य परिक्षण गरिएको नगरप्रमुख सुरत केसीले जानकारी दिनुभयो ।

मुटु, मृगौला, मधुमेह, उच्च रक्तचाप लगायत नसर्ने रोगका बिरामीको पहिचान गरि उपचारमा पहुँच बढाउने र सचेतना अभिवृद्धि गर्ने उद्देश्यले शिविर आयोजना गरिएको उहाँले बताउनुभयो ।

Shreekrishna hardwear in news
khali

शिविरको गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले उद्घाटन गर्नुभएको थियो । मन्त्री पाठकले स्वास्थ्य क्षेत्रको प्रमुख चुनौतिका रुपमा देखिएको नसर्ने रोगको समस्या न्युनीकरणका लागि समयमै रोग पहिचान, सचेतना र उपचारमा पहुँच बढाउन जोड दिएको बताउनुभयो ।

नसर्ने रोगबाट बच्नका लागि स्वस्थकर खानपान र जिवनशैली अपनाउन आग्रह गर्नुभयो । कार्यक्रममा बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछाने, बेनपा ९ का वडा अध्यक्ष चक्र केसी, स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठी लगायतको उपस्थिति थियो ।

बेनी अस्पतालका चिकित्सक र घतान स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले सेवा दिएका थिए ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...