मालिकामा पौने तीन करोड थप बजेट बिनियोजन

Shreekrishna hardware

दरवाङ, । म्याग्दीको मालिका गाउँपालिकाको आइतबार सम्पन्न १६औ गाउँसभाले चालु आर्थिक वर्ष २०८१÷०८२ को लागि थप पौने तीन करोड बजेट बिनियोजन भएको छ ।
छ्यारछ्यारे स्थित गाउपालिकाको सभाहलमा बसेको सभाले थप रु. दुई करोड ७२ लाख बजेट बिनियोजन गरेको हो । आर्थिक वर्ष २०८०÷०८१ को अल्या बजेट रु. दुई करोड १२ लाख र निस्कोट–ताराखोला सडक निर्माणको रु. एक करोड २० लाखमध्ये गाउँपालिकाको लागत सहभागिता समपुरक कोषबाट रु. ६० लाख विभिन्न योजनाहरुमा विनियोजन गरिएको गाउँपालिकाका प्रवक्ता अनुप गौचनले जानकारी दिनुभयो ।

Ban devision notice
दरबाङ–निस्कोट सडक स्तरोन्नतिलाई निरन्तरता दिनको लागि रु. ५८ लाख, विपन्न विद्यार्थी शैक्षिक सामग्री खरिदका लागि रु. १० लाख, स्वास्थ्य औषधी तथा औजार खरिदमा थप रु. तीनलाख ७० हजार, खोप्टी वस्ती संरक्षण रु. १० लाख विनियोजन भएको छ । 

यसैगरी खर्बाङ खानेपानी नेवासँग साझेदारी रु. १२ लाख, सोलीखोला लुक्सीपार सोले मोटरबाटो स्तरोन्नति तथा सडक निर्माणका लागि थप रु. आठ लाख, ओखरबोट मावि अस्थायी भवन निर्माण रु. २० लाख र हिमाली युवा क्लब स्टेज तथा भवन निर्माणमा रु. १४ लाख विनियोजन भएको छ ।

Shreekrishna

गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाको अध्यक्षतामा सम्पन्न गाउँसभामा आर्थिक विकास समिति संयोजक पथबहादुर रोकाले आर्थिक वर्ष २०८१÷०८२ देखि आव ०८५÷८६ सम्मको मालिका गाउँपालिकाको आवधिक योजना पेश गर्नुभएको थियो । सामाजिक विकास समिति संयोजक टंकप्रसाद पुनले आव ०८१÷८२ देखि आव ०८५÷८६ सम्मको मालिका गाउँपालिकाको पञ्चवर्षीय गाउँ शिक्षा योजना पेश गर्नुभयो ।

त्यस्तै गाउँपालिकाको वन, वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक टकबहादुर पुनले मालिका गाउँपालिका आकस्मिक कोष ऐन, २०८१ पेश गर्नुभएको थियो । गाउँसभामा पेश भएका योजना र कार्यक्रमसहितका प्रस्तावहरु सर्वसम्मत रुपमा पारित भएको बताउँदै गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताउनुभयो । चालु आवमा कुल रु. ४७ करोड ९१ लाख ७६ हजार बजेट प्रस्तुत गरेको मालिका गाउँपालिकाले पुस दोस्रो सातासम्म कुल बजेटको १६ दशमलव ७८ प्रतिशत वित्तीय प्रगति भएको जनाएको छ ।  
Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...