मंगलाको हाडेभिरमा अस्पताल

Gandaki Pardesh notice

बाबियाचौर । म्याग्दीको मंगला गाउँपालिकाले वडा न. ५ स्थित हाडेभिरमा १५ शैयाको अस्पताल बनाउने भएको छ ।

गाउँपालिकाको केन्द्र बाबियाचौर बजार नजिकै हालको अर्मन स्वास्थ्य चौकीलाई स्तरोन्नति गरेर अस्पताल बनाउन लागेको हो । स्वास्थ्य चौकी परिसरमा नयाँ बन्ने अस्पताल भवनको सोमबार गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले शिलन्यास गर्नुभएको प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाले बताउनुभयो ।

संघीय सरकारको कार्यक्रम अनुसार अध्यक्ष रोकाले धार्मिक बिधि अनुसार पुजापाठ र जग राखेर अस्पताल शिलन्यास गर्नुभयो हो । निर्माणको काम भने डिपिआर तयार र ठेक्का प्रक्रिया सकिएपछि मात्र हुनेछ् । अस्पताल बनाउन गाउँपालिकाले दुई वर्षअघि ८ रोपनी जग्गा खरिद गरेको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

स्वास्थ्य चौकीको पुरानो भवन, अहिले चालु अवस्थामा रहेको भवन र नयाँ खरिद गरेको सहित १३ रोपनी भन्दा बढी जग्गा ब्यवस्थापन गरिएको छ । अस्पताल बनाउन राष्ट्रिय योजना आयोगको शसर्त अनुदान शिर्षकमा चालु आर्थिक वर्षमै एक करोड ५ लाख रुपैयाँ बजेट बिनियोजन भएको अध्यक्ष रोकाले बताउनुभयो ।

बिस्तृत परियोजना प्रतिवेदन तयार पारेर ठेक्का आव्हान गरि चालु आर्थिक वर्ष भित्रनै भवन निर्माण सुरु गर्ने तयारी गरेको उपाध्यक्ष सिर्जना केसीले बताउनुभयो । हाँडेभिरमा रहेको अर्मन स्वास्थ्य चौकीमा गाउँपालिकाले कोरोना संक्रमितको उपचारका लागि कोरोना अस्पताल समेत स्थापना गरेको छ ।

मंगला गाउँपालिकाले मात्र सोमबार अस्पतालको भवन शिलन्यास गरेको हो । धवलागिरी र रघुगंगा गाउँपालिकामा स्थान बिवादका कारण शिलन्यास प्रभावित भयो । अन्नपूर्ण गाउँपालिकाले ठाउँ छनौट गरिनसकेका कारण शिलन्यास गर्न सकेन् । बेनी नगरपालिका भित्रै बेनी अस्पताल छ । मालिकाको केन्द्र दरवाङमा प्राथमिक स्वास्थ्य केन्द्र छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...