माओवादी केन्द्रको बेनी नगर अध्यक्षमा नगेन्द्र

Gandaki Ghumau

बेनी, । नेकपा (माओवादी केन्द्र) बेनी नगर कमिटिको तेस्रो सम्मेलन शनिबार बेनीमा सम्पन्न भएको छ ।

सम्मेलनबाट नगेन्द्र केसीको अध्यक्षतामा ५५ सदस्यीय नगरपालिका कमिटि गठन गरेको हो । कमिटिको उपाध्यक्षमा अणबहादुर खड्का (भगवान), खिम पुन, गणेश शर्मा, सचिवमा ओम रोका, सहसचिवमा कृष्णप्रसाद पौडेल र कोषाध्यक्षमा बिष्णु बोहोरा चयन हुनुभएको छ ।

सम्मेलनको उद्घाटन गर्नुहुदै नेकपा (माओवादी केन्द्र)को गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङले भ्रष्ट्राचारलाई संरक्षण गर्न काँग्रेस र एमाले मिलेर सरकार बनाएका बताउनुभयो । “एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अहिलेको सरकारले भ्रष्ट्राचारीको संरक्षण गर्ने कार्यमा रेकर्ड कायम गरेको छ,” उहाँले भन्नुभयो “रवी लामिछानेलाई कारबाही गर्न खोजेको जस्तो देखाएर सहकारी ठगीमा संलग्न काँग्रेस र एमालेका नेताहरुलाई संरक्षण गर्नुनै अहिलेको सरकारले भ्रष्ट्रहरुको संरक्षण गरिरहेको प्रमाण हो ।”

Shreekrishna
Gunasthariya Shiksya

वि.स. २००७ पछि नेपालमा बनेका मध्य माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले जनताको पक्षमा उत्कृष्ट काम गरेको जनताले मूल्याङ्कन गर्न थालेका बताउदै अध्यक्ष गुरुङले निराशा नभएर सजग र निर्धक्क भई छाती फुुलाएर जनतामाझ जान कार्यकर्तालाई निर्देशन दिनुभयो ।

माओवादी आन्दोलनका कारण नेपालमा महिला, दलित, जनजातीले समावेशी व्यवस्था अनुसार नीति निर्माण तहमा अवसर र संघीयताका कारण विकासमा पहुँच बढेको उहाँले बताउनुभयो । कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार चन्द्रबहादुर घिमिरे र गण्डकी प्रदेश सहसचिव टेकबहादुर बिक (सुवास)ले माओवादीले देशमा सुुसासन कायम, सामाजिक न्याय र सम्बृद्धिका लागि गरेका कामका कारण जनताले विश्वास गर्न थालेका बताउनुभयो ।

गण्डकी प्रदेश सांसद हरिबहादुर भण्डारी र जिल्ला संयोजक सेरबहादुर केसीले माओवादीबाट निर्वाचित जनप्रतिनिधीहरुले म्याग्दीको विकासका लागि गरेको योगदान उच्च रहेको बताउदै अवसर पाए माओवादीले काम गर्न सक्नेद सन्देश जनताले पाएका बताउनुभयो ।

नगेन्द्र केसीको अध्यक्षता, गणेश शर्माको स्वागत र ओम रोकाको सञ्चालनमा सम्पन्न कार्यक्रममा माओवादीका बेनी नगर इञ्चार्ज तथा बेनपा ३ का वडा अध्यक्ष पदम पुनले म्याग्दीको विकासका लागि माओवादीको विकल्प नभएको बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...