माओवादी केन्द्र मालिकाको अध्यक्षमा गौचन

Gandaki Ghumau

दरवाङ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मालिका गाँउपालिका कमिटीको अध्यक्षमा अनुप गौचन चयन हुनुभएको छ । शनिवार दरबाङमा सम्पन्न तेस्रो पालिका अधिवेशन बाट गौचनको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कमिटी चयन भएको हो । गौचन यसअघि पनि कमिटी अध्यक्ष हुनुहुन्थ्यो ।

अधिवेशनबाट उपाध्यक्षहरुमा दिपक जुग्जाली, मोती प्रसाद बुढा र हर्कलाल दर्जी, सचिवमा लाल बहादुर घताने, सह सचिवमा दल बहादुर खड्काथोकी, कोषाध्यक्षमा मनरुपा घर्ती मगर सहित ५५ सदस्य कार्यसमिती गठन गरिएको छ ।

Gunasthariya Shiksya

अधिवेशनको उद्घाटन गर्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सहइन्चार्ज हरि अधिकारीले माओवादी जनयुद्धकै कारण मुलुकमा संघीय गणतन्त्र स्थापना भएको बताउँदै यो व्यवस्थाको रुपान्तरण पनि माओवादीकै नेतृत्वमा सम्भव रहेको बताउनुभयो । उहाँले काँग्रेस एमाले गठबन्धन सरकारले जनतामा उत्साह दिन नसकेको र प्रचण्ड नेतृत्वको सरकारले सुरु गरेका मुलुको विकास र समृद्धिको अभियानलाई समेत बाधा पु¥याएको बताउनुभयो ।

Shreekrishna

कार्यक्रममा गण्डकी प्रदेश सरकारका पूर्व मन्त्री एवम प्रदेश सभा सदस्य रेमश जुग्जाली र नेकमा माओवादी केन्द्रका गण्डकी प्रदेश सहसचिब टेकबहादुर विकले म्याग्दीको विकासमा माओवादी नेतृत्वले आसाको सञ्चार गराएको बताउनुभयो । कार्यक्रममा पार्टीका युवा नेताहरु अर्जुन थापा, यमन रोका लगायतले पार्टी संगठनलाई बलियो बनाएर आगामी निर्वाचनमा बलियो शक्तिको रुपमा स्थापित हुनुपर्नेमा जोड दिनुभयो । गौरी सेन्चुरीले स्वागत गर्नुभएको कार्यक्रमको संचालन सचीव लालबहादुर घतानेले गर्नुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...