बेनीमा माटोको गुणस्तर घट्दो

Gandaki Ghumau

बेनी, ः म्याग्दीको बेनी नगरपालिकाको खेतीयोग्य जमिनमा माटोको गुणस्तर घटेको पाइएको छ ।

नगरपालिकाको कृषि शाखाले गरेको माटोको नमुना परिक्षणका क्रममा अम्लियपना बढेको र गुणस्तर घटेको पाइएको हो । बेनी नगरपालिकाको कृषि शाखाले हालै वडा नम्बर ४, ५ र ६ मा निशूल्क शिविर सञ्चालन गरेर एक सय ९४ वटा माटोको नमुना परिक्षण गरेको थियो ।

परिक्षणका क्रममा एक सय २१ वटा माटोको नमुनामा अम्लियपना र ७३ वटामा तटस्थ पाइएको बेनी नगरपालिकाका कृषि अधिकृत आकृति ढुङ्गानाले बताउनुभयो । “माटोको अवस्था पहिचान गर्न प्राविधिक टोली खेतबारीमा पुगेर किटको माध्यमबाट परिक्षणका साथै कृषकहरुलाई परामर्श दिएका छौ,” उहाँले भन्नुभयो “अम्लियपना बढी देखिनुलाई माटोको गुणस्तर घट्दो क्रममा रहेको बुझेका छौ ।”

Shreekrishna
Gunasthariya Shiksya

रासायनिक मल र विषादीको अत्याधिक तथा जैविक मलको कम प्रयोग गर्ने तथा बाढीले मलिलो माटो बगाएर लैजादाँ अम्लियपना बढी देखिएको कृषि अधिकृत ढुङ्गानाले बताउनुभयो । माटोको गुणस्तर बढाउन कम्पोष्ट मल र प्राविधिकको सिफारिस अनुसार कृषि चुन प्रयोग गर्न सुझाव दिएको उहाँले बताउनुभयो ।

परिक्षण गरिएका मध्य ८७ वटा नमुनामा नाईट्रोजन, ७१ वटामा फस्फोरस र ४४ वटामा पोटासको मात्रा कम देखिएको छ । नाइट्रोजन कम भएको जमिनमा कोशेबाली लगाउन सुझाव दिइएको छ ।

४२ वटामा नाइट्रोजन, एक सय दुई वटामा फस्फोरस र एक सय ३१ वटामा पोटाको मात्रा मध्यम देखिएको छ । ६५ वटामा नाइट्रोजन, २१ वटामा फस्फोरस र १९ वटामा पोटासको मात्रा अधिक देखिएको बेनी नगरपालिकाको कृषि शाखाले जनाएको छ । वडा न. –४ मा ३३, वडा नम्बर –५ मा ७९ र वडा नं. –६ मा ८२ वटा माटोको नमुना परिक्षण गरिएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...