माओवादी केन्द्र धवलागिरीको अध्यक्षमा रिम थापा

Annapurna notice 3

ताकम, । नेकपा (माओवादी केन्द्र) धवलागिरी गाउँपालिका कमिटिको तेस्रो सम्मेलन बिहिबार ताकममा सम्पन्न भएको छ ।

सम्मेलनबाट रिमप्रकाश थापाको अध्यक्षतामा ४५ सदस्यीय माओवादी केन्द्रको गाउँपालिका कमिटि गठन भएको छ । कमिटिको उपाध्यक्षमा अशोक खत्री र भोमबहादुर पाईजा, सचिवमा चक्र पुन, सहसचिवमा नवराज पुन र होममाया बिक र कोषाध्यक्षमा रामबहादुर खत्री चयन हुनुभएको छ ।

सम्मेलनको उद्घाटन गर्नुहुदै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला ईञ्चार्ज गोविन्द पौडेलले सुशासन, सामाजिक न्याय र सम्बृद्धि माओवादीको राजनीतिक मुद्दा भएको बताउनुभयो ।

Shreekrishna

“प्रचण्ड नेतृत्वको सरकारले नक्कली भुटानी शरणार्थी, ललिता निवास जग्गा हिनामिना, सहकारी ठगी लगायत धेरै भ्रष्ट्राचारका मुद्दाहरुको छानविन र अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउन थालेपछि आफु पर्ने डरले काँग्रेस र एमाले मिलेर सरकार बनाएका हुन,” संविधानसभा सदस्य समेत रहेका पौडेलले भन्नुभयो “एमाले अध्यक्ष केपीको नेतृत्वमा रहेको वर्तमान सरकारले भ्रष्ट्राचारीको संरक्षण गरिरहेको छ । स्काउट र त्रिभुवन विश्व विद्यालयको जग्गा हिनामिना गर्ने, अरबौका योजना ठेक्का लिएर विकास आयोजना अलपत्र पार्ने ठेकेदार मन्त्री भएको सरकारबाट जनताले कसरी विकासको अपेक्षा गर्ने ?”

DRM Notice 1

माओवादीका युवा नेता, गण्डकी प्रदेशसभा सदस्य तथा पुर्व मन्त्री रेशम बहादुर जुग्जालीले म्याग्दीको विकासमा माओवादीको योगदानको जनताले मुल्याङ्कन गर्नुपर्ने बताउनुभयो । आफुले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको नेतृत्वमा रहदाँ धारापानी–शिवाङ सडकको बजेट बिनियोजन गरेर काम शुरु गराएको र दरवाङ देखि धारापानी सम्मको सडक कालोपत्र र शिवाङ देखि मुना सम्मको सडक कालोपत्र सहित स्तरोन्नति गर्न रु. एक अर्ब बजेटको नयाँ आयोजना कार्यान्वनयको चरणमा रहेको बताउनुभयो ।

गुर्जामा सडक पु¥याउने, धवलागिरीका सडक यातायातलाई सहज बनाउने र ढोरपाटनलाई सडक यातायातसँग जोड्न प्राथमिकताका साथ पहल गरेको उहाँले बताउनुभयो । गुर्जामा सडक पु¥याउने, धवलागिरीका सडक यातायातलाई सहज बनाउने र ढोरपाटनलाई सडक यातायातसँग जोड्न प्राथमिकताका साथ पहल गरेको उहाँले बताउनुभयो ।

यामन रोकाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा माओवादी केन्द्रका गण्डकी प्रदेश सहसचिव टेकबहादुर विश्वकर्मा (सुवास), नेताहरु अर्जुन थापा, चन्द्र बुढाथोकी, पुनम खड्का, धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगर लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो । जेष्ठ कम्युनिष्ट मञ्चका सदस्य, सहिद परिवार र पुराना नेताहरुलाई सम्मेलनमा सम्मान गरिएको थियो । जेष्ठ कम्युनिष्ट मञ्चका सदस्य, सहिद परिवार र पुराना नेताहरुलाई सम्मेलनमा सम्मान गरिएको थियो ।

Annapurna rm notice 4
प्रतिक्रिया दिनुहोस
Loading...