पालसिङ र बाँसबोटका महिलालाई दुना टपरी बनाउने सिप र प्रबिधी

khali

बेनी, । पर्वतको जलजला गाउँपालिका–४ पालसिङ र वडा नं. ७ बाँसबोटका महिलाहरुलाई दुना टपरी बनाउने सिप र प्रबिधी सहयोग गरिएको छ ।

जलजला गाउँपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको ‘उपाध्यक्षसँग आमा समूह’ कार्यक्रम मार्फत महिलाहरुलाई दुना टपरी बनाउने तालिम र उपकरण प्रदान गरिएको हो ।

जलजलाका उपाध्यक्ष दिपक आचार्य (आकाश)ले चार÷चार दिनका दरले सञ्चालन भएको तालिममा १७÷ १७ जना सहभागि भएका जानकारी दिनुभयो । तालिममा सहभागिहरुका लागि दुना टपरी बनाउन आवश्यक पर्ने एक÷एक थान (दाई) उपकरण सहयोग गरिएको छ ।

Shreekrishna hardwear in news
khali

धार्मिक कार्यमा प्रयोग हुने दुना टपरीको स्थानीय स्तरमै उपलब्ध गराउने, महिलाहरुलाई आयआर्जनमा संलग्न गराउने र पलास्टिक जन्य सामग्रीको आयात घटाउने उद्देश्यले तालिम सञचालन र उपकरण सहयोग गरेको उपाध्यक्ष आचार्यले बताउनुभयो ।

जलजलाको जङगलमा प्रशस्त मात्रामा दुना टपरी बनाउन चाहिने सालको पात पाइन्छ । पलास्टिकका प्लेट र सामग्रीको प्रयोगका कारण वातावरण प्रदुषण भएको छ । दुना टपरीबाट रोजगारी सिर्जना, आयआर्जन वृद्धि र वातावरण संरक्षणमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

बासबोटमा जलजलाको गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमका संयोजक संगिता अधिकारीको सञ्चालनमा भएको तालिम समापन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष आचार्य, स्थानीय अगुवा लोकराज आचार्य, वडा सदस्य लक्ष्मी आचार्य लगायतको उपस्थिति थियो ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...