झिँ र पाखापानीमा माओवादीको वडा सम्मेलन

Gandaki Ghumau

बेनी, । म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ झिँ र वडा नम्बर –६ पाखापानीमा मङगलवार नेकपा (माओवादी केन्द्र)को वडा सम्मेलन सम्पन्न भएको छ ।

सम्मेलनबाट झिँमा भिम बिकको अध्यक्षतामा १५ सदस्यीय र वडा न. ६ पाखापानीमा प्रकाश पाइजाको अध्यक्षतामा २३ सदस्यीय वडा कमिटि गठन भएको छ ।

नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक सेरबहादुर केसी, गण्डकी प्रदेश सांसद हरिबहादुर भण्डारी, माओवादीका रघुगंगा गाउँपालिका ईञ्चार्ज तथा प्रदेश सदस्य रिम कटुवालको उपस्थितिमा सम्मेलन सम्पन्न भएको थियो ।

Shreekrishna

कार्यक्रममा माओवादीका युवा नेता समेत रहेका प्रदेश सांसद भण्डारीले चुनावमा गरेको प्रतिवद्धता अनुसार बेनी–पाखापानी सडकको घतान खण्डमा कालोपत्र सहित स्तरोन्नति गर्न प्रदेश सरकार मार्फत आयोजना शुरु भएको जानकारी दिनुभयो ।

Gunasthariya Shiksya

“गत वर्ष म्याग्दीबाट निर्वाचित प्रदेश सांसद रेशम जुग्जाली भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्री हुँदा बजेट बिनियोजन गरेर बेनी पाखापानी सडक आयोजनाका लागि बहुबर्षीय ठेक्काको प्रक्रीया अघि बढाएका थियौ । अहिले कार्यान्वयन शुरु भएको छ,” उहाँले भन्नुभयो “बेनी पाखापानी सडक आयोजनालाई पूूर्णता दिने यस क्षेत्रका नागरिकको समस्या समाधानका लागि हामीले अगुवाई र पहल गरेका छौ ।”

नेता केसी र कटुुवालले नेपालको राजनीतिक परिवर्तनका लागि दश वर्ष जनयुद्ध गरेको माओवादी नेतृत्वको सरकारले साना किसानको ऋण मिनाह, लोडसेडिङको अन्त्य, मध्य पहाडी र उत्तर दक्षिण कोरिडोर निर्माण, मिटरब्याज पिडितहरुको न्यायका लागि कानुन निर्माण गरेको बताउनुभयो ।

नक्कली भुटानी शरणार्थी, सहकारी ठगी, ललिता निवास, गिरिबन्धु टि स्टेट, यति, ओम्नी, वाइडबडी लगायत भ्रष्ट्राचारका मुद्दामा संलग्नलाई कारबाहीका लागि कानुनी दायरामा ल्याउन खोज्दा उनिहरुलाई जोगाउन काँग्रेस र एमाले मिलेर सरकार बनाएका नेताहरुले बताउनुभयो ।

माओवादीले सुशासन, सामाजिक न्याय र सम्बृद्धिको मुद्दा नछोड्ने र जनताको समस्या समाधानका लागि सधै साथमा रहने प्रतिवद्धता जनाउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...