बेनी। म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङ बेशीमा रहेको भारद्धाज गोत्रिय कुल मन्दिरमा एक जना प्रवासीले मुर्ती उपलब्ध गराउनु भएको छ ।
धवलागिरी गाउँपालिका–६ मराङ घर भई हाल जापानमा रहनुभएका लिल क्षेत्रीले दिवंगत बुवा थमबहादुर केसी र आमा नरदेवी केसीको नाममा भारद्धाज देवताको मुर्ति प्रदान गर्नुभएको हो ।
स्थानीय नगेन्द्र सुवदीले उपलब्ध गराउनुभएको जग्गामा मन्दिर निर्माण भएको छ । क्षेत्रीले उपलब्ध गराएको मुर्ती सोही मन्दिरमा राखिएको छ । ढुङ्गा कुुदेर मुर्ति बनाउन र ढुवानी गर्न करिब रु. एक लाख ५० हजार खर्च भएको अनुमान गरिएको छ ।