लोकतन्त्रको ‘सर्मिसिङ’ गर्नुपर्छ : वर्षमान पुन

khali

लामाखेत, १ पुष । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले भारत र चीन दुवैसँग सन्तुलित सम्बन्ध कायम गरेर उनीहरूको आर्थिक विकासबाट नेपालले आर्थिक लाभ लिन सक्नुपर्ने बताउनुभएको छ ।

माओवादी केन्द्र जलजला गाउँपालिका, पर्वतको लामाखेतमा सोमबार तेस्रो सम्मेलन उद्घाटन गर्दै पुनले ले चार महिनासम्म भारत जाने प्रयास सफल नभएपछि प्रधानमन्त्री केपी ओली चीन भ्रमणमा गएको टिप्पणी गर्नुभयो ।

प्रधानमन्त्री चीन भ्रमणमा गएको विषयमा नभई पहिला भारत जाने प्रयास असफल भएपछि उसलाई देखाइदिने मनसाय बोकेर चीन गएकामा आफूहरूले आपत्ति जनाएको पुनको भनाइ थियो ।

Shreekrishna hardwear in news

पूर्ववर्ती पुष्पकमल दाहाल सरकारले सन्तुलित परराष्ट्र नीति अपनाएर चीनसँग ठूला विकास परियोजनामा सहयोग लिएको र भारतमा १० हजार मेगावाट विद्युत निर्यातसम्बन्धी समझदारी गरेको स्मरण पुनले गर्नुभयो । तर, वर्तमान सरकारले छिमेकीहरूका बीचमा असन्तुलित सम्बन्ध राख्न खोजेकाले आफ्ना अध्यक्ष प्रचण्डले खबरदारी गरेको पुनले बताउनुभयो ।

‘विश्वको राजनीति बहुध्रुवीयबाट व्यवस्थातिर गइरहेका बेला मुलुकको कूटनीति सञ्चालन गर्दा कतैतिर नढल्किने गरी परराष्ट्र नीति सञ्चालन गर्नुपर्नेमा वर्तमान सरकारले असन्तुलित नीति अपनाएको छ,’ पुनले भन्नुभयो , ’चार महिनासम्म लगातार प्रयास गर्दा पनि भारतले नबोलाएपछि हारगुहार गरेर प्रधानमन्त्री केपी ओली चीन जानुभयो । एकातिर ढल्किन खोज्ने, अनि नपत्याएपछि उसलाई देखाइदिन अर्को छिमेकीतिर ढल्किने तरिकाले हाम्रो राष्ट्रिय स्वाधिनता कमजोर बनाउँछ । चीन र भारतका बीचमा खेलेर होइन, दुवैसँग सहयोग लिने र सन्तुलन कायम गर्न जोड दिइनुपर्छ भन्ने हाम्रो मान्यता हो ।’

khali

पुनले ओलीलाई चीनले निम्ता नदिए पनि भारतलाई देखाउने नाममा पटक÷पटक अनुनय विनय गरेर बोलाउन लगाएको दाबी गर्नुभयो । प्रधानमन्त्री ओलीले गत मंसिर १७ देखि २० गतेसम्म उत्तर छिमेकी चीनको औपचारिक भ्रमण गर्नुभएको थियो । पुनले भ्रष्टाचारी जोगाउन बिचौलियाहरूले कांग्रेस र एमाले मिलाएर वर्तमान सरकार बनाएको भन्ने आफूहरूको आरोप घटनाक्रमहरूले पुष्टि गरेको दाबी गर्नुभयो ।

दायाँ÷बायाँ आधा दर्जन बढी भ्रष्टाचार र अनियमिततामा मुछिएका मन्त्रीहरूले घेरिएर आफू पनि भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने भाषण बन्द गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गर्नुभयो । अगाडि फर्किएर भ्रष्टाचारीको मुख हेर्दिनँ भन्ने ओलीलाई दायाँ÷बायाँ उभिएका आफ्ना मन्त्रीका अनुहार हेर्न उहाले सुझाउनुभयो । ओली र काँग्रेस सभापति शेरबहादुर देउवाको उठबस बिचौलिया र अनियमितता गर्ने स्वार्थ समूहसँग रहेको आरोप उहाँले लगाउनुभयो ।

अर्को फरक प्रसङगमा पुनले लोकतन्त्रको ‘सर्मिसिङ’ गर्नुपर्ने बिचार व्यक्त गर्नुभएको छ । पुर्वमन्त्री समेत रहेका पुनले लोकतान्त्रिक व्यवस्था कार्यान्वयनका क्रममा देखिएका विकृति र बिसङगतिको अन्त्य गर्न सर्भिसिङ गर्नुपर्ने बताउनुभएको हो ।

“समावेशी, धर्मनिरपेक्षता, समानुपातिक, आरक्षण सम्बन्धी लोकतान्तिक व्यवस्थाका विशेषताहरुबाट लक्षित समुदायले लाभ लिने बनाउन सुधारको आवश्यकता छ,” उहाँले भन्नुभयो “लोकतन्त्रको विकल्प तानाशाह र पुरानै शैलीको ब्यवस्था हुनै सक्दैन् । अभ्यासका क्रममा देखिएका कमजोरी सुधार गर्न आवश्यक छ ।”

सुशासन, सम्बृद्धि र सामाजिक न्यायको मुद्दाका कारण सरकारबाट हटेपछि माओवादीको जनमत बढेको बताउदै पुनले वि.स. २०८४ को संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने आधार बनेको दावी गर्नुभयो । समाजमा माओवादीको मुद्दा स्थापित गर्न र प्रतिस्पर्धा गर्ने साहस र आँट गर्न पुनले नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।

“माओवादी सरकारमा हुदाँ गरेका मध्य पहाडी लोकमार्ग, उत्तर दक्षिण जोड्ने लोकमार्गहरु, किसानको ऋण मिनाह, लोडसेडिङको अन्त्य, मिटरब्याज पिडित र नागरिकता बिहिन लगायत धेरै राम्रा कामहरु गरेको छ,” उहाँले भन्नुभयो “सत्ताको विपक्षमा बसेर पनि माओवादीले राजनीतिक मुद्दा स्थापित गरेको छ ।” विकासको बाधक बनेको भ्रष्ट्राचारको अन्त्य र शुसासनलाई माओवादीले राजनीतिक मुद्दाको रुपमा अघि सारेको नेता पुनको भनाई छ ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...