बरङजा र घतानमा माओवादीको वडा सम्मेलन

Gandaki Ghumau

बेनी, ः मङ्गला गाउँपालिका –३ बरङ्जा र बेनी नगरपालिका–९ घतानमा नेकपा माओवादी केन्द्रको दोस्रो वडा सम्मेलन सम्पन्न भएको छ ।

बरङ्जामा प्रकाश पुन अध्यक्ष र खिमनाथ आचार्य सचिव रहेको २३ सदस्यीय वडा कमिटि गठन भएको छ । घतानमा सुर्यप्रकाश बानियाँ (सागर) को अध्यक्षतामा गोपाल परियार र कल्पना सुवेदी उपाध्यक्ष, रबिना नेपाली सहसचिव र शोभा सुवेदी कोषाध्यक्ष रहेको २५ सदस्यीय वडा कमिटि गठन भएको छ ।

Shreekrishna
Gunasthariya Shiksya

यसअघि मङ्गला–४ धापुङमा भएको सम्मेलनबाट चक्र रोका अध्यक्ष र संगिता पुन सचिव रहेको २१ सदस्यीय वडा कमिटि गठन भएको थियो । सम्मेलनमा नेकपा माओवादी केन्द्रका युवा नेता, प्रदेश संसाद तथा पुर्व मन्त्री रेशम बहादुर जुग्जाली (सुविन)ले आफु मन्त्री हुँदा बहुबर्षीय ठेक्का आव्हान भएको अर्चेखोलाको मोटरेबल पुल निर्माण भइसकेको र पखेर बरंजा सडक स्तरोन्नतिको काम शुरु भएको बताउनुभयो । चुनावका समयमा गरेको प्रतिवद्धता अनुसार म्याग्दीको विकास निर्माणमा समन्वय गरिरहेको जुग्जालीले बताउनुभयो ।

घतानमा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला ईञ्चार्ज गोविन्द पौडेल, गण्डकी प्रदेश सहसचिव टेकबहादुर विश्वकर्मा, गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी, बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछाने लगायतले ले सामाजिक न्याय, शुसासन र संविधानको रक्षाको मुद्दाबाट माओवादी पछि नहट्ने बताउनुभयो ।

बेनी–पाखापानी सडकको घतान खण्डको कालोपत्रका लागि म्याग्दीबाट निर्वाचित प्रदेश सांसद गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्री हुँदा बजेट बिनियोजन भएर बहुबर्षीय ठेक्का लागेको र अहिले तिब्रताका साथ काम भइरहेको प्रदेश सांसद भण्डारीले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...