बेनीमा पुष २८ देखि आठौ म्याग्दी महोत्सवको तयारी

Gandaki Ghumau

बेनी, आठौ म्याग्दी महोत्सव तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला आगामी माघ महिनामा बेनीमा सञ्चालन हुने भएको छ ।

पुष २८ देखि माघ ८ गतेसम्म सञ्चालन हुने महोत्सवको ३७ वटा उपसमिति गठन गरेर तयारीलाई तिब्र पारिएको मुल आयोजक म्याग्दी उद्योग वाणिज्य संघले आइतबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।

दश करोड रुपैयाँ बराबरको ब्यापारिक कारोबार हुने महोत्सव सञ्चालनका लागि एक करोड २९ लाख रुपैयाँ खर्चको अनुमान गरिएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताए ।

Shreekrishna

‘सामानको खरिद बिक्री र मनोरञ्जनका लागि मात्र नभएर महोत्सवे म्याग्दीको समग्र सम्भावनाको उजागर भई लगानी भित्र्याउन तथा आर्थिक गतिबिधिलाई चलायमात्र बनाउछ,’ उनले भने ‘म्याग्दीको पर्यटन, कृषि, जलविद्युत, खनिज, वन पैदावारजन्य उद्योग ब्यवसायमा लगानी भित्र्याउन, संस्कृति संरक्षण, प्रतिभा पहिचान, प्रर्वद्धन र खेलकुदलाई पनि महोत्सवसँग जोडिएको छ ।’

Gunasthariya Shiksya

स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय औद्योगिक, कृषि तथा पशुजन्य उत्पादनको प्रर्दशनी, पुरुष–महिला भलिबल, बास्केटबल, लोक दोहोरी गित, कलाकारहरुको प्रस्तुति महोत्सवको प्रमुख आकर्षण रहनेछन् । पुख्र्योली नाच, रत्यौली गित, भजन, म्याग्दी आईडल एकल लोकनृत्य, जाजाती, जनजाती झाँकी प्रर्दशनी पनि रहेका छन् ।

महोत्सवको अवसरमा आयोजना गरिने अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको बिजेतालाई एक लाख ५१ हजार रुपैयाँ र उपबिजेतालाई ७५ हजार एक सय रुपैयाँ पुरस्कारको ब्यवस्था गरिएको छ । लोक दोहोरी गित प्रतियोगितामा बिजेतालाई एक लाख एक सय रुपैयाँ र उपबिजेतालाई ६१ हजार एक सय रुपैयाँ पुरस्कार रहेको छ ।

महोत्सव सञ्चालनबाट भएको आम्दानीबाट म्याग्दी उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायी हितकोषमा दश लाख रुपैयाँ, विपद् राहत कोषमा पाँच लाख रुपैयाँ जम्मा गर्ने र टिकट बिक्रीबाट हुने केही प्रतिशत रकम म्याग्दीका सामाजिक संघ संस्थालाई सहयोग गरिने अध्यक्ष श्रेष्ठले बताए ।

यसअघि बि.स. २०५८ देखि वि.स. २०७८ सम्म सात पटक म्याग्दी महोत्सव भएको थियो । म्याग्दी र कालीगण्डकीको दोभानमा रहेको बेनी बजारमा परापुर्व कालदेखिनै माघे संक्रान्ति पर्वको अवसरमा मेला लाग्ने गरेको थियो । परम्परागत माघे संक्रान्ति मेलाको निरन्तरता स्वरुप पछिल्लो समय महोत्सव सञ्चालन गरिएको संघले जनाएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...