
बेनी, । बेनीमा रहेको राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाको १८ औ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।

विभिन्न तहमा कार्यरत निजामती कर्मचारीहरु आवद्ध सहकारीमा हाल एक सय ८९ जनाको रु. ५१ लाख ११ हजार सेयर पुजि रहेको छ । गत आर्थिक वर्षमा रु. ६१ लाख दुई हजार आठ सय ९९ कर्जा लगानी गरेको सहकारीले रु. ३२ लाख ८१ हजार पाँच सय २६ निक्षेप संकलन गरेको कोषाध्यक्ष बलबहादुर खत्रीले जानकारी दिनुभयो ।
सहकारीका अध्यक्ष यामबहादुर चोखालको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको थियो ।
