बेनी खानेपानी उपभोक्ता संस्थाको २५ औ साधारणसभा

Gandaki Kotihome

बेनी । बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २५ औ वार्षिक साधारणसभा शुक्रबार बेनीमा सम्पन्न भएको छ ।

संस्थाले बेनी नगरपालिकाको ७, ८ मा पर्ने बेनी र वडा नं. २ को हाडेभिरका २२ हजार उपभोक्तालाई २४ सै घण्टा शुद्ध खानेपानी वितरण गर्दै आएको छ । एक हजार एक सय १२ घरधुरी उपभोक्ता छन् ।

रिठ्ठाखर्क, डाडाखर्क, दूधे, कोप्रेको मुहान र म्याग्दी नदीबाट लिफ्ट गरेर प्रतिसेकेण्ड ४२ लिटर पानी आपुर्ति गर्ने संरचना रहेको संस्थाको आयोजना मार्फत खपतको माग अनुसार प्रतिसेकेण्ड २५ लिटर पानी आपुर्ति हुदै आएको छ ।

Shreekrishna hardwear in news

संस्थाले गत आर्थिक वर्ष २०८०÷०८१ मा ४२ करोड ३२ लाख लिटर पानी बितरण गरेर रु. एक करोड ७७ लाख चार हजार आम्दानी गरेको कोषाध्यक्ष टंक हमालले जानकारी दिनुभयो । आयोजना निर्माणका लागि नगर विकास कोषबाट लिएको मध्य रु. ६९ लाख ३२ हजार ऋण तिर्न बाँकी रहेको छ ।

Notice about ban dadalo

संस्थाका अध्यक्ष रमेश गिरिले प्रति सेकेण्ड २० लिटरका दरले पानी प्रशोधन गर्ने ट्रिटमेन्ट गर्ने सेडिमेन्टेसन टंकी र स्लो स्याण्ड फिल्टर टंकीमा फिल्टर मिडिया, क्लोरिनेसनको लागि डोजिङ्ग पम्प र पाइप फिटिङ्ग गर्ने कार्य अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।

आयोजनाको भौतिक संरचनाहरुको पुननिर्माण गर्न रु. २० हजार ७४ लाखको विस्तृत परियोजना (प्रतिवेदन) डिपिआर तयार पारेर खानेपानी मन्त्रालयमा पेश गरिएको संस्थाका सचिव केशवप्रसाद रेग्मीले बताउनुभयो ।

कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बेनीमा दिगो र दिर्घकालिन रुपमा शुद्ध खानेपानी आपुर्तिको ब्यवस्था मिलाउन खानेपानी आयोजनाको क्षमता विस्तारमा नगरपालिकाले संघीय सरकारसँग समन्वय गरेको बताउनुभयो ।

बेनी नगरपालिका–८ का वडा अध्यक्ष उत्तमकुमार कर्माचार्य, जिल्ला समन्वय समितिका निमित्त समन्वय अधिकारी अमृत सुवेदी, संस्थाका निवर्तमान अध्यक्ष माधवप्रसाद रेग्मी, उपाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष लिलाराम गौतम, बगरफाँट खानेपानी उपभोक्ता संस्थाका सचिव चन्द्रबहादुर घिमिरे, उपभोक्ता लोकनाथ रेग्मी र मैना कार्कीले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो ।

साधारणसभाको अवसरमा पलम्बर दैतारी सेठ्ठीलाई उत्कृष्ट कर्मचारी, जिल्ला समन्वय समिति र ज्ञान गिरिलाई उत्कृष्ट उपभोक्ताको रुपमा सम्मान गरिएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...