रायमाझी उत्कृष्ट प्रदेश प्रहरी

Gandaki Ghumau

बेनी। जिल्ला प्रहरी कार्यालय म्याग्दीमा कार्यरत राजन रायमाझील २०८१ को कात्तिक महिनामा गण्डकी प्रदेशको उत्कृष्ट प्रहरीका रुपमा छनौट हुनुभएको छ ।

Gunasthariya Shiksya

गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले रायमाझीलाई कात्तिक महिनाको वेष्ट पुुलिस अफ दि मन्थको रुपमा छनौट गरेको हो । प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहले रायमाझीलाई प्रशंसापत्र प्रदान गरेर सम्मान गर्नुभएको छ ।

जवरजस्ती करणी मुद्दामा संलग्न दुई जना व्यक्तिहरुलाई पक्राउ गर्नुका साथै थर घर परिवारलाई जानकारी नगराई महिलालाई भारतको सिक्कीममा लगी होटलमा काममा लगाई श्रम शोषण गराउने कार्यमा संलग्न सिद्धवाबा भनेर चिनिने कुमार भट्टराईलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन र पिडित महिलालाई उद्दार गर्ने कार्यमा उल्लेख्य भूमिका निर्वाह गरेकाले रायमाझीलाई कात्तिक महिनाको उत्कृष्ट प्रहरीको रुपमा छनौट गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...