उत्पिडित जातीय मुक्ति समाज म्याग्दीको सम्मेलन

Gandaki Ghumau

बेनी, । नेपाल उत्पिडित जातीय मुक्ति समाज म्याग्दीको छैटौ जिल्ला सम्मेलन शनिबार बेनीमा सम्पन्न भएको छ ।

सम्मेलनबाट बलबहादुर विश्वकर्माको अध्यक्षतामा समाजको २५ सदस्यीय कमिटि चयन भएको छ । समाजको उपाध्यक्षमा जानकी विश्वकर्मा, सचिवमा टेकबहादुर बस्याल, उपसचिवमा बिरबहादुर बिक र कोषाध्यक्षमा हिमबहादुर बिक चयन हुनुभएको छ ।

Gunasthariya Shiksya

एमालेका गण्डकी प्रदेश सदस्य खरमाया बिटालुको अध्यक्षतामा सम्पन्न कार्यक्रमको नेपाल उत्पिडित जातीय मुक्ती समाजका केन्द्रिय सदस्य मनोहर बिश्वकर्मा पौडेलले उद्घाटन गर्नुभएको थियो ।

Shreekrishna

कार्यक्रममा एमालेका केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला ईञ्चार्ज भुपेन्द्र थापा, केन्द्रिय सदस्य नरदेवी पुन, गण्डकी प्रदेश अध्यक्ष नवराज शर्मा, प्रदेश सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठ, म्याग्दी जिल्ला अध्यक्ष बालकृष्ण सुवेदी लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...