‘घराम्दीको चिनारी’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

Gandaki Ghumau

बेनी ः

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ घराम्दी गाउँको प्रर्वद्धनका लागि तयार पारिएको ‘घराम्दीको चिनारी’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

घराम्दी परिवार युुकेले निर्माण गरेको म्युुजिक भिडियोको सो गितको गायिका गिता पाईजा पुनको युटुयुव च्यानलबाट मङगलवार सार्वजनिक भएको हो । धनबिर पुनको शब्द र आसु लामाको संगित रहेको गितको म्युजिक भिडियोमा धन पाइजा पुन, जक फगामी पुन, बर्खा फगामी, सर्मीला फगामी, बिपना फगामी, डिना पुन, सजिना बुढाथोकी, बिष्णु फगामी लगायतको अभिनय रहेको छ ।

Shreekrishna

पुस्कर विबेक थापाले निर्देशन गर्नुभएको म्युजिक भिडियोको सम्पादन\ रङ्ग संयोजन पदम सुवेदीले गर्नुभएको छ । रोनिषा अधिकारीको ऋङगार रहेको म्युजिक भिडियोको छायांकन बिजय लामा र ड्रोन भिडियो सुरेन गुरुङले गर्नुभएको हो ।

Gunasthariya Shiksya

घराम्दी गाउँ, पेरीभारानी ताल, महभिर झरना, ठूलाखर्कमा छायांकन भएको म्युजिक भिडियोमा घराम्दीको कला, संस्कृति, प्रकृति, रहनसहन, जनजिवन झल्काउने दृष्यहरुलाई समावेश गरिएको म्युजिक भिडियो निर्माणमा ब्यवस्थापन गर्नुभएको रामचन्द्र फगामीले बताउनुभयो ।

गित र म्युजिक भिडियो निर्माणका लागि घराम्दी परिवार युके, धन पाइजा पुन, जक फगामी, रुमा फगामी, होम फगामी, देविसरा फगामी, गिरिराज गर्बुजा, गिता गर्बुजा, बेलबहादुर गर्बुजा, तिली गर्बुजा, समबहादुर पुर्जा, टकमती पुर्जा, होमबहादुर रन्तिजा, चिनमाया रन्तिजा, गौमाया गबुएजा, बुद्धीबहादुर गर्बुजा, मीना गर्बुजा, ओमन गर्बुजा, बिरबहादुर गर्बुजा, कुमारी गर्बुजाले सहयोग गर्नुभएको छ ।

गित निर्माणका लागि घराम्दी आमा समूह, पेरी भरानी युवा क्लव, घराम्दी टोल सुधार समिति, घराम्दी प्रौद्ध समूह, घराम्दी पुुख्यौली समुुह, महभिर आमा समूह, लक्ष्मण थापा, शर्मीला बुद्धीजा, अलीसा पुर्जा, तारा पुन लगायतले सहयोग गर्नुभएको छ । गित र म्युजिक भिडियोले घराम्दी गाउँ र धार्मिक, पर्यटकीय स्थलहरुको प्रचारप्रसार, मौलिक कला र संस्कृतिको संरक्षणमा सहयोग पुग्ने घराम्दीका बासिन्दा तिर्थ फगामीले बताउनुभयो ।

म्युजिक भिडियोको युटुयव लिंक

https://www.youtube.com/watch?v=RsIZpOuLWSw

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...