पोखरेबगर, ः पोखरेबगरमा सञ्चालित अन्नपूर्ण गाउँपालिका स्तरीय अन्तर विद्यालय, पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिन सोमबारसम्म १० वटा खेल सकिएका छन् ।
३० वटा मध्य १० वटा खेल सकिदासम्म ज्ञानप्रकाश माविले तीन स्वर्ण, दुई रजत र एक काश्य पदक सहित अग्रता लिएको छ । सर्वोदय माविले दुई स्वर्ण, तीन रजत र एक कास्य तथा साविक विजेता प्रभा माविले दुई स्वर्ण र दुई कास्य पदक जितेका शिक्षा अधिकृत गणेशबहादुर कटुवालले बताउनुभयो ।
मंगलबार सम्पन्न हुने प्रतियोगितामा ११ वटा विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगितामा प्रथम हुने विद्यालयलाई रनिङ्ग शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद रु. ५० हजार पुरस्कार प्रदान गरिने अन्नपूर्ण गाउँपालिकाका शिक्षा अधिकृत गणेशबहादुर कटुवालले जानकारी दिनुभयो ।
दृतीय र तृतीय हुने विद्यालयलाई ट्रफी, मेडल र प्रमाणपत्र सहित क्रमश रु. ४० र ३० हजार प्रदान गरिने जनाइएको छ । एथलेटिक्स, कवड्डी र भलिबल बिधाका ३० वटा खेलमा तीन सय जना भन्दा बढी विद्यार्थीहरुले सहभागिता जनाएका शिक्षा अधिकृत कटुुवालले बताउनुभयो ।