जलजलामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु

khali

बेनी । पर्वतको जलजला गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु भएको छ ।

दिवसको अवसरमा लामाखेत स्थित गाउँपालिकाको कार्यालय देखि मिलनचोकसम्म प्लेकार्ड सहित प्रभातफेरी गरिएको थियो । गाउँपालिकाका जनप्रतिनिधी, कर्मचारी, महिला अगुवा र संघ संस्थाका प्रतिनिधीहरुको सहभागितामा गरिएको ¥याली मिलनचोक आमा समूहको भवनमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो ।

khali

कार्यक्रममा जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले लैङ्गिक हिंसा अन्त्यका लागि सामाजिक चेतना विकासमा जोड दिनुभयो । कार्यक्रमको अध्यक्षता गर्नुभएका उपाध्यक्ष दिपक आचार्यले लैङ्गिक हिंसा न्युनीकरणका लागि सचेतनामुलक कार्यक्रमका साथै लैङ्गिक समानतामा जोड दिइएको बताउनुभयो ।

Shreekrishna hardwear in news

महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख बिन्दु शर्माको सञ्चालन र कार्यपालिका सदस्य मायाकुमारी भुषालले स्वागत गर्नुभएको कार्यक्रममा रेशाकौशल रेग्मी र जमुना आचार्यले लैङ्गिक हिंसा विरुद्धको अभियानका विषयमा सहजिकरण गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिृकत प्रदिप पौडेल, कार्यपालिका सदस्यहरु भिमसेन बराईली, बिमला केसी, सुुनिता केसी, बबि सुवदी, भिमबहादुर नेपालीलगायतको सहभागिता रहेको थियो । पर्वतबेनी टोल विकास संस्था, लामाखेत, मिलनचोक र मोहनचोकका आमा समूहका करिब एक सय जना भन्दा बढीको सहभागिता थियो ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...