मङ्गलाको राष्ट्रपति रनिङ्ग शिल्डमा महेन्द्ररत्न बिजयी

khali

बाबियाचौर । बरङ्जाको महेन्द्ररत्न माविले मङ्गला गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधी जितेको छ ।

शेरफाँट खेलमैदानमा शनिबार सम्पन्न प्रतियोगितामा ११ स्वर्ण, छ रजत र चार वटा कास्य जितेको मङ्गला गाउँपालिका–३ बरङ्जाको महेन्द्ररत्न च्याम्पियन भएको हो ।

khali

पाँच स्वर्ण, सात रजत र तीन कास्य पदक सहित बाबियाचौरको मङ्गला मावि दृतीय र चार स्वर्ण, तीन रजत र पाँच कास्य जितेको कुहुँको दिपशिखा मावि तृतीय भएका मङ्गला गाउँपाकिलाका प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माले बताउनुभयो ।
प्रतियोगिताको बिजेतालाई रनिङ्ग शिल्ड, ट्रफी सहित नगद रु. ५० हजार पुरस्कार प्रदान गरिएको छ । दोस्रो र तेस्रोलाई रु. ३० हजार र २० हजार नगद सहित ट्रफी प्रदान गरिएको छ ।

Shreekrishna hardwear in news


मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष पे्रमकुमारी अधिकारी (पेमा), प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्मा, शिक्षा अधिकृत डिल्लीरमण सुवेदीले पुरस्कार, मेडल र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
तीनदिनसम्म सञ्चालन भएको प्रतियोगितामा नौ वटा विद्यालयले सहभागिता जनाएका थिए । मङ्गला, धवलागिरी र रघुगङ्गा गाउँपालिका तथा बेनी नगरपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । अन्नपूर्ण गाउँपालिकामा आइतबारदेखि शुरु हुदैछ ।
मालिका गाउँपालिकामा १५ गतेदेखि सञ्चालन हुने जनाइएको छ । पालिका स्तरको प्रतियोगिता सकिएपछि जिल्ला स्तरीय प्रतियोगिता गरेर प्रदेश स्तरको प्रतियोगिताका लागि खेलाडी छनौट गरिने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले बताउनुभयो ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...