गलेश्वरमा मङसिर १५ गते हुने बालाचर्तुदर्शी मेलाको तयारी

Gandaki Ghumau

बेनी, ः म्याग्दीको बेनी नगरपालिका–९, स्थित ऐतिहासिक धार्मिक स्थल गलेश्वरधाममा बालाचतुर्दशी पर्वको अवसरमा यही मंसिर १५ गते हुने मेलाको तयारी तिब्र बनाइएको छ ।

पश्चिमको पशुपतिनाथको रूपमा परिचित गलेश्वरमा बालाचतुर्दशीको अवसरमा परम्परादेखिनै धार्मिक मेला लाग्ने गर्दछ । गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले २४ वटा उपसमिति बनाएर मेलाको तयारी थालिएको जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल सहित सुरक्षा अधिकारीहरुको उपस्थितिमा बिहिबार बसेको बैठकले मेलालाई सुरक्षित, ब्यवस्थित बनाउन विभिन्न उपसमितिहरु गठन गर्ने निर्णय गरेको हो ।

Shreekrishna
Gunasthariya Shiksya

पितृको स्मृतिमा अघिल्लो दिनको साँझदेखि रातभर बत्ती बालेर जाग्राम बसेका भक्तजनहरुले बालाचर्तुदर्शी पर्वको बिहानैदेखि शतबीज छर्ने गर्दछन् । गलेश्वर मन्दिर देखि कालीगण्डकी नदी किनारको स्नान स्थलसम्म पुग्ने बाटोलाई ब्यवस्थित बनाइएको र मन्दिर परिसरमा कालीगण्डकीको पानीले ११ धारामा स्नान गर्ने सुविधा रहेको छ । सिसिटिभी क्यामेरा जडान गरिएको छ ।

बालाचर्तुदर्शीका दिन गलेश्वरमा धान, जौ, तिल, गहँु, चना, मकै, कागुनो मिसाएर छर्ने चलन रहेको छ । हेमाद्रि नामक धर्मग्रन्थमा “भगवान् शिव मृगरूप लिएर घुम्नुभएको पुण्यक्षेत्रमा आजका दिन एक गेडा बीज छर्दा एक गेडा सुन दान गरेबराबरको पुण्य मिल्ने र दिवङ्गत आत्माले पनि मुक्ति पाउने” उल्लेख गरिएको छ ।

कृष्णगण्डकी किनारमा रहेको ९ रोपनी चट्टानमा फैलिएको एउटै गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिरभित्र स्वयम् उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको क्षेत्रमा प्रवेश गरेमात्रै पनि मनोकामना पूरा हुने जनविश्वासले मुक्तिनाथ मन्दिरमा जाने भक्तजनले दर्शन गर्ने गरेका छन् ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...