म्याग्दीमा ठूलो परिणाममा लागू औषध सहित युवति पक्राउ

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, म्याग्दीमा एक जना युवतिलाई एक हजार एम्पुल भन्दा बढी परिणाममा लागू औषध सहित प्रहरीले पक्राउ गरेको छ ।

म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौरकी २३ वर्षीया पूर्णा बिकलाई एक हजार एक सय ९३ एम्पुल लागू औषध सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मङसिर २ गते आइतबार पक्राउ परेकी बिकलाई बिहिबार सार्वजनिक गरिएको हो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

बिकको घर खानतलासी गर्ने क्रममा तीन सय ९८ एम्पुल डाइजापाम, तीन सय ९७ एम्पुल फेनेरागन र तीन सय ९८ बुप्रेनोफिन भेटिएको प्रहरी निरीक्षक सागर पौडेलले बताए ।

Shreekrishna

उनका अनुसार विशेष सूचनाको आधारमा बिकको घर खानतलासी गर्ने क्रममा चामलको बोरामा लुकाएर राखेको अवस्थामा लागु औषध भेटिएको हो ।

बिकका विरुद्ध म्याग्दी जिल्ला अदालतमा लागूऔषध शिर्षकमा मुद्दा दर्ता गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पूर्णको साथबाट म्याग्दी जिल्लामा हालसम्मकै ठूलो परिमाणमा लागू औषधी बरामद भएको प्रहरीले जनाएको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...