स्वर्गीय गौचनको सम्झनामा श्रद्धाञ्जली सभा

khali

बेनी, । नेपाली कांग्रेस म्याग्दीले गण्डकी प्रदेश सभा सदस्य एवं नेपाली कांग्रेस म्याग्दीका नेता विमला गौचनको सम्झनामा बुधबार श्रद्धाञ्जली सभाको आयोजना गरेको छ ।
गत कात्तिक २८ गते काठमाण्डौमा डेंगुको उपचारका क्रममा हृदयघात भई ज्यान गुमाउनुभएकी गौचनको स्मृतिमा थकाली समाज घर बेनीमा आयोजित सभामा गौचनले म्याग्दीको राजनीतिक, सामाजिक, पर्यटनलगायतको क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरिएको थियो ।

तत्कालिन समयमा पर्यटन ब्यवसाय हुदै राजनीतिमा होमिएकी स्वर्गीय गौचनले निधनले कांग्रेसका लागि अपूरणीय क्षति पुगेको पार्टी सभापति एवम् प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले बताउनुभयो ।

khali

‘समाजका हरेक क्षेत्रमा उहाँको योगदान छ, पार्टीसँगै समाजमा उहाँको अभाव सधै खड्किने छ’ सभापति गर्बुजाले भन्नुभयो । महिलाले अवसर पाए कुनैपनि काम गर्न सक्छन् भन्ने उदाहरण समेत स्वर्गीय गौचनले प्रस्तुत गरेको गर्बुजाको भनाई थियो । श्रद्धाञ्जली सभामा नेपाली कांग्रेसका गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा, नेता चम्पादेबी खड्का सहित गण्डकी प्रदेशका नेताहरूको उपस्थिती रहेको थियो ।

Shreekrishna hardwear in news

दिवंगत गौचनप्रति श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना प्रकट गर्न नेपाली काँग्रेसका नेता तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेल पनि बेनीमा आउनुभएको थियो । गण्डकी प्रदेशका कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्यमाकुमारी जिसी श्रेष्ठ, पर्यटन तथा उद्योगमन्त्री मित्रलाल बस्याल, भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्री प्रकाशबहादुर केसी, एमालेको प्रदेशसभा संसदीय दलका सचेतक गोविन्द बहादुर नेपाली लगायतका नेताहरुले बुधबार गौचनको बेनी स्थित निवासमा आएर श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

नेपाल महिला संघ म्याग्दीका निर्वतमान सभापति, नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि, गण्डकी प्रदेश सदस्य रहनुभएकी गौचनको ६३ वर्षको उमेरमा निधन भएको थियो । उहाँको शनिबार नेपाल प्रहरीको शोक सलामी सहित अन्तेष्टि गरिएको थियो । थकाली समाजघरमा गौचनप्रति श्रद्धाञ्जलीका लागि देशभरबाट राजनीतिक र सामाजिक व्यक्तिहरु आएका छन् ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...