बेनी-जोमसोम-कोरला सडक अन्तर्गत चराङखोलामा मोटरेबल पुल निर्माण

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, बेनी–जोमसोम–कोरला सडक अन्तर्गत मुस्ताङको–लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ मा रहेको चराङ खोलामा मोटरेबल पुल निर्माण भएको छ ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाले निर्माण गरेको ८० मिटर लामो मोटरेबल पुल निर्माण गरेको हो । पुलको सोमबार लोघेकर–दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोम्साङ छोम्फेल बिष्ट (राजु)ले उद्घाटन गर्नुभयो ।

पक्कि पुल सञ्चालन भएपछि काठको मुडा राखिएको कच्चि र अस्थायी पुल तथा खोलाबाट जोखिम मोलेर सवारी वारपार गर्नुपर्ने समस्या हटेको लोघेकर–दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष बिष्टले बताउनुभयो । वि.स. २०७५ असार २९ गते रु. १० करोड १८ लाखमा काष्ठमाण्डप निर्माण सेवाले ठेक्का लिएको पुलको ठेक्का पाँचौ पटक थपिएको थियो ।

Shreekrishna

वि.स. २०७७ पुषमा सम्पन्न गर्ने लक्ष्य राखिएको मोटरेबल पुल निर्माणमा ढिलाई हुँदा लोघेकर–दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका बासिन्दाका साथै उपल्लो मुस्ताङ भ्रमणमा आउने पर्यटक र सामान ओसार पसार गर्ने ब्यवसायीहरुलाई समस्या भएको थियो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

पर्वतको मालढुुङ्गा देखि म्याग्दी हुदै मुुस्ताङ स्थित चीनको सिमाना कोरला नाका जोड्ने दुई सय दुई किलोमिटर दुुरिको बेनी–जोमसोम कोरला सडक अन्तर्गत २४ वटा मोटरेबल पुल निर्माण गर्नुपर्नेमा १९ वटाको ठेक्का लागेको, ११ वटा निर्माण सकिएको, तीन वटा निर्माणाधीन, पाँचवटाको ठेक्का तोडेको र पाँचवटा पुल निर्माणको प्रक्रीयामा छन् ।

दुुई लेनको कालोपत्र र ग्राभेल बनाउन वि.स. २०७३÷०७४ देखि शुुरु भएको योजनाको हालसम्म ८४ प्रतिशत भौतिक प्रगति भएको छ । रु. १० अर्ब लागत अनुमान गरिएको यो सडक आव २०७९÷८० मा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

एक सय पाँच किलोमिटर कालोपत्र गर्ने लक्ष्य रहेकामा हालसम्म ९६ किलोमिटर कालोपत्र, पाँच किलोमिटर ढलान र ८५ किलोमिटर ग्राभेल भएको आयोजनाका सूचना अधिकारी बिष्णुु चापागाईले बताउनुभयो ।

निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि आयोजना अवधिलाई आव २०८२÷८३ सम्म लम्ब्याइएको छ । सडक र पुल निर्माणका लागि रु सात अर्बको ठेक्का सम्झौता भएकामा गत असारसम्म रु छ अर्ब खर्च भएको छ ।

भारत र चिनलाई जोड्ने चार सय ३५ किलोमिटर दुरिको कालीगण्डकी करिडोर सडकलाई गण्डकी प्रदेशको भाग्यरेखा मानिएको छ । सडकले पुर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत, पर्यटन र धार्मिक स्थलको विकासका लागि महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...