अर्थुङ्गेको सडक योजनाका ठेकेदारलाई गुणस्तरीय निर्माण सामग्री प्रयोग गर्न नगरपालिकाको निर्देशन

Gandaki Pardesh notice

बेनी । कोरोना महामारी रोकथामका लागि गरिएको लकडाउनका कारण प्रभावित भएको बेनी–अर्थुङ्गे सडक स्तरोन्नति आयोजना सुरु भएको छ ।

आँपरुख देखि अर्थुङ्गेको पुलाचौर जाने सडकको चोक जोड्ने सडकमा नाली बनाउने, ढलान गर्न र कालोपत्रे गर्न गत वर्ष ठेक्का सम्झौता भएको आयोजना कार्यान्वयनको क्रममा कोरोना जोखिम, बन्दाबन्दी, मजदुर र निर्माण सामग्रीको अभावका कारण प्रभाबित भएको थियो ।

करिब २५ प्रतिशत भौतिक प्रगति भएको आयोजनालाई आगामी चैत महिनासम्म म्याद थपेर चालु आर्थिक वर्षमा निरन्तरता दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छबिलाल सुबेदीले बताउनुभयो ।

Shreekrishna hardwear in news

एक करोड ३५ लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजना खुसीहोम बिल्डर्सले ८८ लाख रुपैयाँमा ठेक्का लिएको थियो । सम्झौता अनुसार २०० मिटर ढलान, ७०० मिटर कालोपत्रे गर्ने र ७०० मिटर नाली बनाउने लक्ष्य छ । देउरालीमा ढलान सकेको ठेकेदारले सेनाको ब्यारेक मुनीको सडक ढलानको तयारी गरेको इञ्जिनियर बिमलरञ्जन कार्कीले बताउनुभयो ।

Bhautik ministry notice about road

बेनी नगरपालिकाको ४ रघुगंगा गाउँपालिकाको २ वटा वडाका बासिन्दाले सदरमुकाम बेनी आवत जावत गर्न प्रयोग गर्ने यो सडक स्तरोन्नति गर्न बेनी नगरपालिकाले क्रमागत आयोजना सञ्चालन गरेको छ ।

आयोजनाको शुक्रबार नगरप्रमुख हरिकुमार श्रेष्ठ, प्रशासकीय अधिकृत सुबेदी, भौतिक पुर्वाधार समितिका संयोजक कृष्णकुमार विश्वकर्मा, प्रबत्ता रामकृष्ण बराइली, लेखा अधिकृत मिनबहादुर बानिया, इञ्जिनियर कार्की र सब इञ्जनियर अर्जुन थापाको टोलीले अनुगमन गर्नुभएको थियो ।


अनुगमन टोलीले निर्माण ब्यवसायी मनोज कार्कीलाई थपिएको समयभित्र काम सम्पन्न गर्न र गुणस्तरीय निर्माण सामग्री प्रयोग गर्न निर्देशन दिनुभयो । आयोजना स्थलमा भेटिएको कमलश बालुवा प्रयोग नगर्न निर्देशन दिइएको थियो । यसअघि गत असारमा रिबाउण्ड ह्याम्बर उपकरणको प्रयोग गरेर नालीको ढलान परिक्षण गर्दा गुणस्तर अनुसारको नपाएपछि भत्काउन निर्देशन दिएको थियो ।

यसैगरी अर्थुङ्गेमै निर्माण सुरु भएको वडा कार्यालय भवनलाई गति दिन ठेकेदार कम्पनीका प्रतिनिधि शिशिर शाहीलाई निर्देशन दिएको छ । भवनको जग खन्ने मात्र काम भएको छ । बर्खामा पहिरो खसेपछि रोकिएको भवन निर्माणलाई तिब्रता दिने शाहीले प्रतिवद्धता जनाउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...