बेनी, । म्याग्दीको मङ्गला गाउँपालिका–२ सिमलचौरका युवाहरुले देउसीभैलो खेलेर जुटाएको रकमबाट सामाजिक काम गरेका छन् ।
क्रियाशिल युवा समाजले तिहार पर्वको अवसरमा देउसीभैलो खेलेर जुटाएको रकमबाट सिमलचौर, नेवारे, कस्केरी र सिममा फोहोर व्यवस्थापन गर्ने १७ वटा डस्टविन राख्नुका साथै खेलाडीहरुलाई १५ थान जर्सी र एक थान बल लगायतका सामग्री सहयोग गरेका हुन् ।
सुरेन्द्र पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा बिहिबार शिरिराम पौडेल, अर्जुन शाही ठकुरी, हरिलाल कडेल, जिवन पौडेल, सन्दीप केसीको उपस्थितिमा प्रदान गरिएको थियो ।