मराङ र खिबाङका ३ बिरामीलाई आर्थिक सहयोग

Gandaki Pardesh notice

दिपक शर्मा
बेनी, । धवलागिरी गाउँपालिकाको मराङ र खिबाङका ३ बिरामीलाई आर्थिक सहयोग प्राप्त भएको छ ।

जापान र अस्ट्रेलियाबाट टच मराङ संस्थाले पठाएको १ लाख ८१ हजार ५०० रुपैयाँ सहित कुल २ लाख १ हजार ५०० रुपैयाँ सहयोग प्राप्त भएको हो ।

टच मराङ संस्थामा पेशा, ब्यवसाय र अध्ययनका लागि बिदेशिएका मराङबासी आवद्ध छन् । रुखबाट लडेर ढाड भाचिएकी मराङ बुलकी रसमाया विकलाई १ लाख ११ हजार ५००, हर्निया रोगबाट ग्रसित मराङ अर्बाङका ज्ञानबहादुर के.सी को लागि ७० हजार र मृगौला फेल भएर उपचार गराईरहेका मुदी खिबाङका छईन्द्र हमाललाई २० हजार रुपैयाँ उपलब्ध गराइएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

बिरामीको अवस्था हेरेर रकम हस्तान्तरण गरेको डाफे युवा क्लब मराङका अध्यक्ष पुर्ण गर्बुजाले जानकारी दिनुभयो । गर्बुजाका अनुसार बिरामीका परिवारको आर्थिक अवस्था कमजोर भएको कारणले उपचारमा समस्या थियो ।

टच मराङ अस्ट्रेलियाको सक्रियतामा १ लाख र टच मराङ जापानबाट ८१ हजार ५०० रुपैयाँ प्राप्त भएको थियो । त्यस्तै मलेसियामा रहेका राजु नेपालीले ५ हजार सहयोग गर्नुभएको छ । डाफे युवा क्लबले १५ हजार रुपैया सङ्कलन गरेको क्लब अध्यक्ष गर्बुजाले जानकारी दिनुभयो ।

टच मराङ अस्ट्रेलियाको सक्रियतामा १ लाख र टच मराङ जापानबाट ८१ हजार ५०० रुपैयाँ प्राप्त भएको थियो । त्यस्तै मलेसियामा रहेका राजु नेपालीले ५ हजार सहयोग गर्नुभएको छ । डाफे युवा क्लबले १५ हजार रुपैया सङ्कलन गरेको क्लब अध्यक्ष गर्बुजाले जानकारी दिनुभयो ।

ज्ञानबहादुर के.सी को उपचारमा प्रगति युवा क्लब मराङ अर्बाङा अध्यक्ष चक्र पुन आफै खटेर बिरामीको सेवा गर्नु भएको थियो । अस्ट्रेलिया र जापानमा श्रम गर्न गएका मराङका मानिसहरुले एक जुट भएर टच मराङ जापान र टच मराङ अस्ट्रेलिया संघ बनाएर गाउको लागि सहयोग गर्दै आएका छन ।

यसै क्रममा ३ बिरामीको लागि सहयोग रकम पठाएको टच मराङ अस्ट्रेलियाका प्रतिनिधी विश्व के.सी ले जानकारी दिनुभयो । यस्तै जापानमा बसेर रकम संकलन गरेका ओम के.सीले सामाजिक कामको लागि सधै सक्रिय सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...