बरङ्जामा ‘आगोदेउ’ पर्व मनाइयो

Gandaki Ghumau

बेनी, म्याग्दीको मङ्गला गाउँपालिका–३ र –४ नम्बर वडामा पर्ने बरङ्जाका मगर समुदायले आगोदेउ पर्व मनाएका छन् ।

बरंजामा बसोबास गर्ने नौ थरका ५४ कुरिया मगरहरुले हरेक वर्षको कुकुर तिहार देखि तीन दिन आगोदेउ पर्व मनाउने गर्छन् । आगलागीजन्य विपद् नहोस भन्ने कामना सहित प्रकृतिको पुजा गरेर यो पर्व मनाउने चलन रहेको मंगला गाउँपालिका–३ का वडा अध्यक्ष याम रोकाले जानकारी दिनुभयो ।

“धार्मिक विधि अनुसार पुजाआजा गरेर कुकुर तिहारको दिन शुरु हुने आगोदेउ पर्वमा प्रकृतिको पुजा हुने गर्छ,” उहाँले भन्नुभयो “आगोका कारण कुनै दुर्घटना विपद् नहोस् भन्ने कामना गरेर यो पर्व मनाउने चलन रहेको छ ।”

Shreekrishna
Gunasthariya Shiksya

बरङ्जाको शिलाथुर स्थित थानमा मगरका झाँक्रीहरुले पुजाआजा गरेर पर्व शुरुवात भएको मानिन्छ । दोस्रो दिन साँझ सो ठाउँमा भेडाको साँढलाई पुजा गरि बली चढाइन्छ । यसैगरी आगो बाल्ने र मार्ने गरिन्छ । तेस्रो दिन कमेरोले रङ्गाएको ढुङ्गालाई काट्ने र पुजाआजा गरेपछि पर्व सकिएको मानिन्छ ।

बरङजामा बसोबास गर्ने पुन, घर्ती, रोका, राम्जाली रोका, बझाङ्गे रोका, गाउँथोके घर्ती र बुढाथोकी थरका मगरहरुले आगोदेउ पर्व मनाउँछन् । बाहै शताब्दीमा बरङजामा बसोबास शुरु भएदेखि शुरु भएको आगो देउ पर्वलाई निरन्तरता दिदै आएको वडा अध्यक्ष रोकाले बताउनुभयो ।

कात्तिकमा आगोदेउ र जेठमा धुले मेला बरङ्जाका मगरले धुमधामसँग मनाउने पर्व हो । जेठ महिनाको दोस्रो अथवा तेस्रो हप्ताको मङ्गगलबार देखि तीन दिनसम्म मनाइने धुले पर्वपछि थर्पु गाउँमा परम्परागत मेला लगाउने चलन छ । हिउँदभरी खेतबारी सुकेर धुलैधुलो हुने र पानी परेपछि खेति गर्न योग्य हुने हुनाले त्यसको खुसीयालीमा धुले पर्व मनाउने गरिएको हो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...