ट्रेड युनियन काँग्रेस म्याग्दीको जिल्ला परिषद् सम्पन्न

Gandaki Ghumau

बेनी, । नेपाल ट्रेड युनियन काँग्रेस म्याग्दीको जिल्ला परिषद् बिहिबार बेनीमा सम्पन्न भएको छ ।

Gunasthariya Shiksya

परिषद्का साथै शुभ–दिपावली, नेपाल सम्वत तथा छठ पर्व २०८१ को अवसरमा शुभकामना आदानप्रदान पनि गरिएको थियो । परिषद्ले पाँच बुदे प्रस्ताव पारित गरेको ट्रेड युनियन काँग्रेस म्याग्दीका अध्यक्ष कोमलप्रसाद उपाध्यायले बताउनुभयो ।

प्रत्येक रोजगारदाताले श्रमिकलाई न्युनतम ज्याला रु. १७ हजार तीन सय दिनुपर्ने, समान काममा महिला र पुरुषको समान ज्याला हुनुपर्ने, प्रत्येक स्थानीय तहमा श्रमिकको सूचिकरण गरि योगदानमा आधारित सामाजिक सुरक्षाको ब्यवस्था मिलाउनुपर्ने प्रस्ताव पारित भएको छ । सचिव टिकानाथ पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेस म्याग्दीका कार्यवहाक सभापति हरिकुमार श्रेष्ठले संगठन विस्तारमा सक्रीय हुन आग्रह गर्नुभयो ।
कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य बिमला गौचन, नेपाली काँग्रेस म्याग्दीका पुर्व सहसभापति नेत्र महत, सचिव हिराबहादुर पुन, निवर्तमान उपसभापति माधव रेग्मी, ट्रेड युनियन काँग्रेस म्याग्दीका निवर्तमान अध्यक्ष दुर्गाराम सुवेदी, नेपाल शिक्षक संघ म्याग्दीका सचिव विनय श्रेष्ठ र नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी दिपेन्द्र श्रेष्ठले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...