म्याग्दीमा राती साढे दश बजेपछि देउसीभैलो खेल्न नपाइने

khali

बेनी । तिहारको अवधीमा म्याग्दीमा राती साढे दश बजेपछि देउसीभैलो खेल्न नपाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीले मंगलबार सार्वजनिक सूचना जारी गर्दै देउसीभैलो खेल्ने समय तोकिएको जनाएको हो । समग्र शान्ति सुरक्षाको अवस्थालाई मध्येनजर गरी देउसी–भैलो, नाचगान लगायतका सांस्कृतिक क्रियाकलापहरु बेलुकी साढे दश बजेसम्म मात्र सञ्चालन गर्न प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जारी गर्नुभएको सूचनामा उल्लेख छ ।

khali

दिपावली मनाउने क्रममा प्रयोग हुने भुइचम्पा, पटका, अतिसवाजी जस्ता बिस्फोटक पदार्थहरुको आयात, ओसारपसार, बिक्रिवितरण तथा प्रयोग नगर्न पनि प्रशासनले आग्रह गरेको छ । जुवातास, खोरखोर, लङगुरबुर्जा, कौडा लगायतका पैसाको हारजित हुने खेल नखेल्न, मादक पदार्थको सेवा गरी शान्ति सुरक्षा एवं सर्वसाधारणलाई असर गर्ने गरी सार्वजनिक स्थानमा होहल्ला एवं झै–झगडा गर्ने जस्ता कार्य नगराउन आग्रह गरेको छ ।

Shreekrishna hardwear in news
Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...