ढोरपाटनको ‘भ्यु पोइन्ट’ जलजला

khali

बेनी, ः घना जंगलको शिरमा समथर घाँसे मैदान । पृष्ठभूमिमा हिमालहरुको लामो लर्कन । बिहानीमा सुर्योदय र साँझको सुर्यास्तको मनमोहक दृष्य । शरदयाममा खुलेका आकाश । वन्यजन्तु र पंक्षीहरुको आवाज । शान्त र एकान्त वातावरण ।

म्याग्दीको धवलागिरी गाउँपालिका–२ मा रहेको जलजला प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थान हो । पुर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन शिकार आरक्षमा पर्ने जलजला पछिल्लो समय पर्यटकको रोजाईमा पर्न थालेको छ ।

परिवार सहित गत हप्ता ढोरपाटन घुम्न गएका बेनीका मिलन खत्रीको टोली हिमशृङखला अवलोकनका लागि जलजलामा पुगेर फर्कनुभयो । “शान्त वातावरणमा, छिनछिनमा परिवर्तन हुने मौसम, शितल हावापानी, पशु गोठहरुमा रमाउन पाउँदा समय बितेको पत्तै नहुँदो रहेछ,” उहाँले भन्नुभयो “समथर फाँटमा बसेर आँखै अगाडी देखिने हिमालको लर्कनले चित्रकारले कोरेको क्यानभासको आभास गरायो ।”

Shreekrishna hardwear in news
khali

समुन्द्रि सतहदेखि तीन हजार चार सय २० मिटर उचाईमा रहेको जलजलाबाट सिस्ने, पुथा, गुर्जा, मानापाथी, धौलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे र मनास्लु हिमाल र सुर्योदयको दृष्य अवलोकन गर्न सकिन्छ । बर्खायाममा पशुगोठहरु, वन्यजन्तु, समथर फाँट, पहाडी भूगोल, वनजंगल, बसन्त ऋतुमा गुराँसे जंगलको अवलोकन गर्न पाउनु यहाँको अर्को विषेशता हो ।
जलजलामा रहेको ‘गोठस्टे’का सञ्चालक फुलबहादुर बिश्वकर्माले दैनिकजसो पर्यटकहरु आउने गरेका बताउनुभयो । “ढोरपाटन घुम्न आउने आन्तरिक पर्यटकहरु हिमालको दृष्य अवलोकनका लागि जलजला आउने गर्नुहुन्छ,” उहाँले भन्नुभयो “दसै–तिहारको बिदा र घुमघामको अनुकुल मौसम भएकाले पर्यटकलाई बसोबासको व्यवस्था मिलाउन धौ–धौ भएको छ ।”

गुरिल्ला र म्याग्दी हुदै डोल्पा जाने पदमार्गमा पर्ने जलजलामा बस्ति, होटल र रेष्टुरेन्ट छैन् । म्याग्दीको लुलाङका बिकले गोठमा पाहुनालाई खाना खुवाउने र बसोबासको ब्यवस्था मिलाउदै आउनुभएको छ ।

च्याउ, टुसाकाका परिकार, ढकायोको सागको अचार, गाईभैसीको दूध, दही, भेडा र खसीको मासु गोठ स्टेका परिकार हुन् । क्याम्पिङ गर्ने पर्यटकहरुले आफै बन्दोबस्तीको सामान लगेर जानुपर्छ । हिजोआज दैनिक २० देखि ५० जना सम्म पर्यटक आउने गरेका बिकले बताउनुभयो ।
ढोरपाटनको पाखाथर देखि जलजलासम्म पुग्न कच्चि सडकमा जिप र मोटरसाइकलमा करिब एक घण्टा तीन मिनेट यात्रा गर्नुपर्छ । पैदलयात्रा गर्न पाँच देखि छ घण्टा लाग्छ । बेनी देखि धवलागिरी गाउँपालिकाको केन्द्र मुना हुदै खोरीयासम्म गाडी र त्यहाँ देखि पाँच घण्टा उकालो यात्रा गरेपछि जलजला पुगिन्छ ।

जलजला धवलागिरी गाउँपालिकाको मुना, दर, फलियागाउँ, लुलाङ, लमसुङ, खोरिया र मरेनीका बासिन्दाको चरन क्षेत्र हो । ढोरपाटन शिकार आरक्षका रेञ्जर सुवेदीले जलजला ढोरपाटन घुम्न आउनेहरुका लागि ‘भ्यु पोइन्ट’को रुपमा विकास भएको बताउनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षको साउन देखि असोज महिनासम्म पाँच हजार दुई सय चार जना पर्यटकले ढोरपाटन भ्रमण गरेका छन् ।

धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले जलजलालाई पर्यटकीय गन्तब्यको रुपमा विकास गर्नका लागि पूर्वाधार निर्माणका साथै प्रचारप्रसारमा जोड दिएको बताउनुभयो । बागलुङतर्फबाट सडकले जोडिएको जलजलामा म्याग्दी तर्फबाट जिल्लाकै प्राथमिकताप्राप्त आयोजना सञ्चालन भएको उहाँले बताउनुभयो ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...